झापा । झापाको कचनकवल गाउँपालिका–५ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ का २८ बर्षीय सरोज भट्टराई र बिर्तामोड–९ का २० बर्षीय विशाल बुढाथोकी छन् ।
गएराती ईलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीलाई शंका लागेपछि प्रदेश १–०१–०१३ प ७९७४ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाई छ ।
पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।