संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडेर एक जना कर्मचारीको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–६ घर भई खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगानाको दुर्घटनामा मृत्यु भएको हो ।

हिजो साँझ साढे ४ बजे प्रदेश ३–०२–००७ प ५३३३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार ढुंगाना घाईते भएका थिए । उनलाई उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनापछि मोटरसाईकल चालक खोटाङ ऐसेलुखर्क–३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!