संगालोखवर सम्वाददाता

धनकुटा । धनकुटामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कटेल र जिल्लामा क्रियाशिल पत्रकारहरुबीच बुधबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रमुख जिल्ला अधिकारी कटेलले जिल्लामा क्रियाशिल पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै जिल्लाको समसामयिक बिषयमा अन्तरक्रिया गरेका हुन् ।

Advertisement

कार्यक्रममा सीडीओ कटेलले जिल्लाका सवै पक्षसँग सहकार्य गरेर अघि बढ्ने बताए । सीडीओ एक्लैको प्रयन्तले मात्र केही नहुँने भन्दै उनले जिल्लामा शान्ति, सुरक्षा मजवुत तुल्याउँन सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, पूर्वअध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, फोनिज १ नं. प्रदेश अध्यक्ष सन्तवीर लामा, पत्रकार महासंघका सचिव हरिबहादुर लम्जेल, प्रेस चौतारीका अध्यक्ष एवं पत्रकार महासंघका कोषाध्यक्ष रविन कटेल, रेडियो मकालु संचालक समिति अध्यक्ष सोविस चेम्जोङ, संगालोखबर अनलाइनका प्रतिनिधि सन्तोष सुवेदी, रेडियो मकालुका प्रतिनिधि अनिता किम्दाङ राई लगायतको उपस्थिति थियो ।

सो अवसरमा पत्रकारहरुले जिल्लाको वस्तुस्थिती बताउँदै समसामयिक बिषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

तस्बीरः सन्तोष सुवेदी / संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!