झापा । झापाको अर्जुनधारा नगरपालिका–९ कार्की डाँडास्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ७८ बर्षीया शिवमाया दाहाल छिन् ।
गएराती करिव ८ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र. १ –०१–०१२ प ५९९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गंभीर घाइते भएकी दाहाललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती सवा १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ । चालक बुद्धशान्ति गाउँपालिका–१ भोटेटारका २१ बर्षीय प्रेम गुरुङ फरार छन् । उनको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।