विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–६ का ४० बर्षीय नारायण महतो र सप्तरीको हनुमाननगर–९ घर भई विराटनगर–११ बस्ने २५ बर्षीय सुमन कुमार राय छन् ।
अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका महतोलाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा ...




























