- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ कुरिङभञ्याङस्थित सिद्धिचरण राजमार्गमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।

बिहान करिब १० बजे सिमेन्ट बोकेर कटारीबाट घुर्मीतर्फ जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर साईड दिने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो । दुर्घटनामा परी उदयपुरको कटारी–८ पाखाटोलका ४५ बर्षीय नरबहादुर मगर र सोही स्थानका ४० बर्षीय मिर्चिङ कान्छा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही स्थानका ४० बर्षीय चन्द्रबहादुर मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि कटारी अस्पताल पठाइएको छ । दुर्घटनापछि टिपर चालक फरार रहेकाले उनको खोजी भइरहेको उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!