- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पुनः विनोद बानियाँ निर्वाचित भएका छन् । अनेरास्ववियुको नगर भेलाले बानियाँको अध्यक्षतामा ३३ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

Advertisement

कमिटीको उपाध्यक्षमा भावना थापा र राज धमला, सचिवमा गोकुल कार्की, सह–सचिवमा विवेक भण्डारी, प्रज्ञा भट्टराई र स्मारिका काफ्ले तथा कोषाध्यक्षमा सुस्मा गिरी निर्वाचित भएका छन् ।

कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सह–सचिव भुवन श्रेष्ठले निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!