संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङ र झापाका दुई छुट्टा–छुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरी चौकी विर्ताबजारबाट खटिएको टोलीले विर्तामोड नगरपालिका–४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुरसहित एक जनालाई पक्राउ गरेको हो । मे.१ ह.२९२१ नम्बरको अटो लिएर विर्ताबजारबाट बुटाबारीतर्फ जाँदै गरेका अटो चालक सुनसरीका ४० बर्षीय उमेश चौधरी पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले ४ ग्राम २०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।

Advertisement

पक्राउ परेका चौधरीलाई सोधपुछ गर्दा सिरहाको अमरुवा गाउँपालिका–५ घर भइ हाल बिर्तामोड–३ विर्ताबजारमा डेरा गरी बस्ने २७ बर्षीया प्रतिक्षा चौधरीकोसमेत संलग्नता रहेको खुलेको थियो । सोही आधारमा प्रतिक्षाको कोठामा खानतलासी गर्दा ५ ग्राम ब्राउनसुगर फेला परेपछि प्रहरीले उनलाइ पक्राउ गरेको हो ।

त्यस्तै विराटनगर महानगरपालिका–१६ हुलास चौकबाट लागुऔषधसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ४५ बर्षीय प्रकाश बस्नेत छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बस्नेतलाई लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गरेको थियो । सोही क्रममा उनको साथबाट लुपिजेसिक १५ ऐम्पुल,फेनारगन १५ ऐम्पुल,डाईजोपाम १५ ऐम्पुल,ऐभिल १५ ऐम्पुल बरामद भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!