- संगालोखबर सम्वाददाता

तेह्रथुम । तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवाको मृत्यु भएको छ । अरिँगालले टोक्दा आठराई गाउँपालिका–६ चुहानडाँडाका २८ वर्षीय मिलन कन्दङ्वा लिम्बूको मृत्यु भएको हो ।

Advertisement

उनी गएराति केही युवाहरुका साथमा चुहानडाँडाको हिलेमा अरिँगाल पोल्न गएका थिए । सोही क्रममा उनलाई अरिँगालले टोकेको थियो । अरिँगालको टोकाइबाट उनी गंभीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि झापाको विर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!