- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटीमा आज दिउँसो रुखले किच्दा एक जनाको मृत्यु भएको छ । दिउँसो करिब १ बजे रुखले किच्दा छथर जोरपाटी गाउँपालिका–५ परेवादिनका २८ वर्षीय मनकुमार राईको मृत्यु भएको हो ।

Advertisement

उत्तिसको रूख काट्ने क्रममा सोही रूख ढलेर किच्दा घटनास्थलमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । ‘काट्दै गरेको रूख ढल्न लागेपछि भागेछन्, मान्छे मागेकै तिर रूख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएछ,’ डीएसपी दाहालले संगालोखबरसँग भने ।

मनकुमारसँगै अन्य व्यक्ति पनि रूख ढाल्न गएका थिए । तर, उनीहरु जोगिएका छन् । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र सिधुवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । शवको मुचुल्का गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!