‘बीमालाई प्रभावकारी बनाउन सबैले प्रभावकारी भूमिका खेल्नुपर्छ’
विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री विभिन्न मन्त्रालयका सचिव र बीमा कम्पनीका प्रदेश प्रमुखहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।
प्रदेश सरकारसँग विभिन्न अपेक्षा राख्दै अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण कोशी प्रदेशका प्रमुख विनोदकुमार पोखरेलले बीमाको विकासमा प्रदेश...





























