धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते
धनकुटा । धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आज दिउँसो पाख्रीबास नगरपालिका-३ मा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका हुन् ।
सङ्खुवासभा तर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०४४ प ७४५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-०५० प ६१०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा ७४५ नम्बरको मोटरसाइकलका चालक सङ्खुवासभ...



























