सप्तकोसीमा बेपत्ता एक गोताखोरको शव भेटियो
विराटनगर । विपद् उद्धार अभ्यासका क्रममा सप्तकोसी नदीमा बेपत्ता सशस्त्र प्रहरी बलका दुई गोताखोर मध्ये एक जनाको शव फेला परेको छ । आज बिहान खोजी गर्ने क्रममा हरदेव राजवंशीको शव फेला परेको हो ।
बेपत्ता सुरज साउदको खोजी भइरहेको प्रहरीले जनाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा बिहीबार मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएका थिए ।
सशस्त्र प्रह...





























