धनकुटाको साम्बु गाउँ, जहाँ माछामासु चल्दैन !
धनकुटा । पुरै गाउँ शाकाहारी ! यो वाक्य सुन्दा जो–कोहीलाई अचम्म लाग्न सक्छ । धेरैलाई त विश्वास पनि नलाग्ला । तर धनकुटामा एउटा यस्तो गाउँ छ, त्यहाँका सबै घरपरिवार शाहाकारी छन् । उनीहरू माछामासु नखाने मात्र हैन पशुपक्षी समेत पाल्दैनन् ।
यो गाउँ सहिदभूमि गाउँपालिका-२ मा पर्दछ । साम्बु गाउँले परिचित यस ठाउँमा करिब डेढ सय घरपरिवार बस्छन् । उनीहरू माछामासु खायो भने पाप लाग्ने विश्वास गर्छन । राँगा, बङ...





























