
काठमाडौं । मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या भएको तथा धान रोपिएको खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई मध्यनजर गर्दै संकटग्रस्त क्षेत्र घोषणा गरिएको जनाइएको छ ।
मधेशका विभिन्न जिल्लामा खानेपानीको समेत हाहाकार भएको छ । यसअघि प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।















