संगालोखबर

विराटनगर । एक वर्षको अवधिमा मोरङका ९८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार ९८ जनाले नागरिकता परित्याग गर्दा ८ वटा नागरिकता रद्द भएका छन् ।

Advertisement

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २७ हजार एक सय २१ जनाले वंशजको आधारमा नागरिकता लिएका छन् ।

कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार एक हजार २३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् भने एक सय १२ जनाले गैर आवासीय नागरिकता पाएका छन् । यस्तै सोही अवधिमा २६ हजार चार सय २६ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

प्रतिवेदन अनुसार ७८ हजार छ सय ८८ नयाँ राष्ट्रिय परिचयपत्र दर्ता भएका छन् । २६ हजार नौ सय २५ जनालाई राष्ट्रिय परिचयपत्र विवरण गरिएको कार्यालयले जनाएको छ ।

सोही अवधिमा २८ हजार छ सय ३३ राहदानी सिफारिस भएका छन् भने ३१ हजार एक सय ६१ वटा राहदानी वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् पीडितलाई २४ लाख ३९ हजार रकम बराबरको सहायता वितरण गरेको छ ।

यस्तै कार्यालयमा दर्ता भएका चार सय ७७ वटा मुद्दामध्ये तीन सय ६० वटा फछर्यौट भएका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।  यस्तै गत वर्ष आएका चार सय ३५ वटा निवेदनमध्ये तीन सय २७ वटा निवेदन फछर्यौट भएको छ ।

सो अवधिमा हातहतियार दर्ताबाट नौ लाख ४३ हजार सात सय ५०, राहदानी दस्तुरबाट ११ करोड १२ लाख ६३ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट १२ लाख ४९ हजार, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ११ लाख ७३ हजार राजश्व सङ्कलन भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!