अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढी रोक्नुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्नेमा जोड दिए । उनले एकै प्रकृतिका संरचना केन्द्रदेखि पालिकासम्म ...

























