संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-२ पचिरामा शुक्रबार राति दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सुनसरीको गढी गाउँपालिका-२ का १८ वर्षीय नजामुदिन मियाँको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

Advertisement

दुहबीबाट इनरुवातिर जाँदै गरेको को ६ प ५२४१ नम्बरको मोटरसाइकल र इनरुवाबाट दुहबीतिर आउँदै गरेको को ३२ प १५०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

मृत्यु हुने १५०४ नम्बरको मोटरसाइकलका चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनामा सोही मोटरसाइकल पछाडि सवार गढी-२ का १७ वर्षीय सबाद आलम घाइते भएका छन् । उनको विराट नर्सिङ होममै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अर्को मोटरसाइकलका चालक गढी गाउँपालिका-२ का अन्दाजी २२ वर्षीय विश्वजित चौधरी पनि घाइते छन् । उनको विराट नर्सिङ होममै उपचार भइरहेको छ । सो मोटरसाइकलको पछाडि सवार महेश चौधरी फरार छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!