खोटाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान पहिरो जाँदा यातायात ठप्प भएका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख इन्स्पेक्टर सुशान्त मिश्रका अनुसार सडकभन्दा करिब सय मिटर माथिबाट पहिरो खसेको छ ।
‘अहिले पहिरो हटाउने काम भइरहेको छ’, उनले संगालोखबरसँग भने, ‘गन्तव्यमा हिँडेका सवारी-साधन बाटोमा नै रो...





























