विराटनगरको रोजगार मेलामा सबैभन्दा बढी नर्सको माग
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा दुईदिनसम्म सञ्चालन भएको रोजगार मेलामा सबैभन्दा बढी स्टाप नर्सको माग भएको छ । विराटनगर-७ स्थित इको पार्कमा हिजो र आज सञ्चालन भएको मेलामा एक सय भन्दा बढी नर्सको माग भएको हो ।
नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट एक सय बढी सयभन्दा नर्सको माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए ।
नर्स बाहेक प्रशासन, बजार व...





























