
विराटनगर । सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ का ५० वर्षीय रुद्रबहादुर राई छन् ।
बिहीबार साँझ बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरानबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २१८७ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको हो ।
बसको डिकीबाट सात वटा गुडियामा लुकाएर राखेको अवस्थामा १० किलो नौ सय ४० ग्राम गाँजा बरामद गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
गाँजासहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए ।

संगालोखबर 













