प्रदेशसभाबाट पारित भयो कोशी सरकारको बजेट
विराटनगर । कोशी प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । आज बसेको प्रदेशसभाको १३औं बैठकले विनियोजन विधेयक–२०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०८१ पारित गरेको हो ।
सरकारले असार १ गते चालु आर्थिक वर्षको भन्दा एक अर्ब कम ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । असार ४ गतेदेखि बजेटमाथि छलफल सुरु भएको थियो । चार दिनको छल...






























