संगालोखबर


धनकुटा । महालक्ष्मी नगरपालिका–५ बरडाँडानजिक विद्युतीय माइक्रो गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । इटहरीबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४२७६ नम्बरको यात्रुबाहक माइक्रो आफैं अनियन्त्रित भइ सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

बिहिवार अपराह्न भएको उक्त दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ३५ वर्षीया कल्पना दाहाल र भोजपुरको भोजपुर नगरपालिका–७ की २३ वर्षीया सीमा राई घाइते भएका हुन् ।

Advertisement

दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जनाएको छ । गाडी चालक भोजपुरको भोजपुर नगरपालिका–८ का ४० वर्षीय बिपिन नेपाललाई लेगुवास्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!