संगालोखबर

विराटनगर । कोशी प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । आज बसेको प्रदेशसभाको १३औं बैठकले विनियोजन विधेयक–२०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०८१ पारित गरेको हो ।

Advertisement

सरकारले असार १ गते चालु आर्थिक वर्षको भन्दा एक अर्ब कम ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । असार ४ गतेदेखि बजेटमाथि छलफल सुरु भएको थियो । चार दिनको छलफलपछि बजेट पारित भएको हो ।

बजेट पारित गर्नुअघि नेपाली कांग्रेसका सांसद गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सबिना बजगाईले पेश गरेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको थियो ।

कोशी प्रदेश सरकारद्वारा ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!