जलेका अभिलेख पुनः कायम नभएसम्म जग्गा कारोबार बन्द
विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले जलेका अभिलेख पुनः कायम नभएसम्म जग्गासम्बन्धी कारोबार नहुने जनाएको छ । अभिलेखहरू नहुँदा जग्गासम्बन्धी कारोबार प्रभावित भएको कार्यालयले जनाएको हो ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण महत्वपूर्ण अभिलेख नष्ट भएपछि कार्यालयले अभिलेखहरू पुनः कायम गर्न थालेको छ । कार्यालयका सूचना अधिकारी गोपाल दाहालका अनुसार २०७० देखि २०८...





























