धनकुटामा भेटियो दुर्लभ ‘किङ कोब्रा’
विराटनगर । धनकुटामा विश्वकै लामो र दुर्लभ मानिने ‘किङ कोब्रा’ भेटिएको छ । महालक्ष्मी नगरपालिका-४ लेगुवामा ‘किङ कोब्रा’ भेटिएको हो ।
सर्प उद्दारकर्ता प्रदिप श्रेष्ठका अनुसार सम्भवतः धनकुटामा पहिलो पटक ‘किङ कोब्रा’ देखिएको हो । उनले सर्प उद्दार गरेर सुरक्षित साथ घरमा नै राखेको जानकारी दिए ।
‘डिभिजन वन कार्यालयलाई खबर गरेको छु । आउँछौँ भन्नुभएको छ’, उनले संगालोखबरसँग भने, ‘तर अहिलेसम्म आउनुभएको छ...































