धनकुटामा निर्वाचनका लागि कर्मचारी खटाउन गोलाप्रथा
धनकुटा, ७ मंसिर । कर्मचारीहरु साना बाकसबाट स-साना कागजका टुक्रा टिप्दै अगाडी बसिरहेका व्यक्तिलाई त्यहाँ रहेको अंक देखाउ‘दै थिए । झट्ट नियाल्दा गोला तान्ने खेल झै दृश्य देखिन्थ्यो । तर, उक्त कार्य सामान्य नभएर निर्वाचनमा कर्मचारीलाई निष्पक्ष रुपमा खटाउने विधि थियो ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निष्पक्ष रुपमा कर्मचारी खटाउने उद्धेश्यले धनकुटामा गोला प्रथा विधि अपनाईएको हो । मुख्य निर्वाचन अध...





















