धनकुटामा विप्लव समूहका नेता-कार्यकर्ता धमाधम पक्राउ पर्दै, पक्राउ पर्नेको संख्या ८ पुग्यो

धनकुटामा विप्लव समूहका नेता-कार्यकर्ता धमाधम पक्राउ पर्दै, पक्राउ पर्नेको संख्या ८ पुग्यो

धनकुटा, २ मंसिर । धनकुटामा आज बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिकाका सेक्रेटरी विशाल मगर र पाख्रीवास नगरपालिकाका सेक्रेटरी आलोक भनिने हरी श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई सादा पोशाकमा खटिएका प्रहरीले पाख्रीवास नगरपालिका–३ बाट पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारी...
धनकुटाको तमोर बनमा दिनभर लाग्यो डढेलो, गोठसहित दर्जनौ हेक्टर जंगल नष्ट 

धनकुटाको तमोर बनमा दिनभर लाग्यो डढेलो, गोठसहित दर्जनौ हेक्टर जंगल नष्ट 

धनकुटा, १ मंसिर । धनकुटा नगरपालिका–८ को तमोर सामुदायिक वनमा शुक्रवार दिनभर भीषण डढेलो लागेको छ । डढेलेले दर्जनौ हेक्टर जंगलका साथै एउटा गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । डढेलोका कारण नजिकको बस्तीसमेत जोखिममा परेपछि दिनभर प्रहरी र स्थानीयबासीले जढेलो नियन्त्रणको प्रयास गरेका थिए । डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपालीसेनासँगै स्थानीयबासी पनि खटिएका थिए । बिहानबाट...
धनकुटामा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पक्राउ, पक्राउ पर्नेको संख्या छ पुग्यो

धनकुटामा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पक्राउ, पक्राउ पर्नेको संख्या छ पुग्यो

धनकुटा, १ मंसिर । धनकुटामा शुक्रवार साँझ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य सुमन राईलाई प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकमा खटिएका प्रहरीले धनकुटा–२ भीरगाउँबाट राईलाई नियन्त्रणमा लिएका हुन । योसँगै धनकुटामा पक्राउ पर्ने नेकपाका नेता–कार्यकर्ताको संख्या छ पुगेको छ ।  यसअघि बिहीबार खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम ...
आधुनिक प्रविधिको अभावमा इलामको अलैँचीले बजार पाएन

आधुनिक प्रविधिको अभावमा इलामको अलैँचीले बजार पाएन

इलाम, १ मंसिर । परम्परागत भट्टी प्रतिस्थापन हुन नसक्दा नेपालको अलैँचीले अपेक्षिकृत रुपमा विश्व बजार पाउन सकेको छैन। विश्वमा नै गुणस्तरीय उत्पादन मानिएको नेपालको अलैँची सुकाउने आधुनिक भट्टीको प्रयोग नहुँदा बजार पाउन समस्या रहेको छ। खोल्साको कालो सुन उपमा पाएको अलैँचीको बजार मूल्यमा निरन्तर गिराबट आउँदा किसान निराश छन्। परम्परागत भट्टीमा सुकाइएको अलैँचीको दाना समान रूपले नसुक्ने, भट्टीमा सिधै धुँ...
धनकुटाको याक्चनामा भीषण डढेलो

धनकुटाको याक्चनामा भीषण डढेलो

धनकुटा, १ मंसिर । धनकुटा नगरपालिका ८ याक्चनामा सुक्रवार बिहानदेखि भीषण डढेलो लागेको छ । जंगलमा अकस्मात आगो सल्किएको प्रहरीले जनाएको छ । डढेलोमा आसपासको वस्ति समेत जोखिममा पर्न सक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी र स्थानीयबासी परिचालित रहेको स्रोतले जनाएको छ । घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन । अपरान्हसम्म आगो निय...
झापामा माइक्रोबसको ठक्करबाट एक दम्पतीको मृत्यु

झापामा माइक्रोबसको ठक्करबाट एक दम्पतीको मृत्यु

झापा, १ मंसिर ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज विहान माइक्रोबसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ। माइक्रोबसको ठक्करबाट दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनकी श्रीमती ५२ वर्षीया मनमाया ढकालको मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ गइरहेको मे१प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिम गइरहेको वा३ख ५८८७ नम्बरको माइक्रोब...
भोजपुरमा नेकपाका चार कार्यकर्ता पक्राउ

भोजपुरमा नेकपाका चार कार्यकर्ता पक्राउ

भोजपुर, १ मंसिर ।  निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् । नेकपा (एमाले) उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो । टेम्केमैयुङ्ग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाकक...
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा एकहजार १२८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत केसीका अनुसार निर्वाचनका लागि खटाइने कर्मचारीको नामावली तयार पारिसकिएको छ । यही मंसिर ७ गते तोकिएको मतद...
भोजपुरको दुम्मानामा आगलागी, १० लाखको क्षति

भोजपुरको दुम्मानामा आगलागी, १० लाखको क्षति

भोजपुर, १ मंसिर । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो । घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा आगो सल्केको हो । आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दक्षिणी क्षे...
छिन्ताङ हत्याकाण्डका सहिद परिवारको प्रश्न: राष्ट्रिय सहिद घोषणा खोई ?

छिन्ताङ हत्याकाण्डका सहिद परिवारको प्रश्न: राष्ट्रिय सहिद घोषणा खोई ?

धनकुटा, ३० कात्तिक । व्यवस्था परिवर्तनका लागि जुट्नेक्रममा मारिएका व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा नगरिनु छिन्ताङ हत्याकाण्डका पीडित परिवारको सबैभन्दा ठुलो चित्त दुखाई छ । छिन्ताङ हत्या काण्डको ३९ औं स्मृति दिवसमा मनाउने क्रममा उनीहरुले राज्यले राष्ट्रिय रुपमा सहिद घोषणा गर्ने भन्दै आएको वर्षौ बितेपनि हालसम्म आश्वासनमा मात्र सिमित भएको गुनासो पोखे । २०३६ सहिद परिवार संरक्षण समिति छिन्ताङ्ले आयोजन...
इलाममा श्रीमतीको शव भेटिएको १५ दिन नबित्दै श्रीमान झुण्डिएको अवस्थामा फेला परे

इलाममा श्रीमतीको शव भेटिएको १५ दिन नबित्दै श्रीमान झुण्डिएको अवस्थामा फेला परे

इलाम, ३० कात्तिक । इलामको माइ–जोगमाइ गाउँपालिका–३ मा मा श्रीमतीको शव फेला परेको १५ दिन बित्न नपाउदै श्रीमान रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। नाम्सालिङ्ग लालिखर्कका ख्याम श्रेष्ठको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो। गत कात्तिक १५ गते उनकी श्रीमती गीताकुमारी श्रेष्ठको शव उत्तरे पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो। त्यसको १५ दिन बित्न नपाउँदै श्रीमान ख्यामको शव घरबाट ५ सय मि...
इलाममा युवा समूहलाई निब्र्याजी बीस लाख ऋण

इलाममा युवा समूहलाई निब्र्याजी बीस लाख ऋण

इलाम, ३० कात्तिक । युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निब्र्याजी रु २० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु पाँच÷पाँच लाखका दरले ऋण प्रदान गरेको ज...
इटहरीमा नेकपाका पाँच नेता-कार्यकर्ता पक्राउ

इटहरीमा नेकपाका पाँच नेता-कार्यकर्ता पक्राउ

इटहरी, ३० कात्तिक । देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ । यस क्रममा सुनसरी जिल्लामा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्र्रचारप्रसारमा आक्रमण हुन सक्ने खतराप्रति संवेदनशीलता अपनाउँदै विप्लव माओवादीका पाँचजना नेता तथा कार्यकर...
धनकुटामा नेकपाका इन्चार्जसहित दुई पक्राउ

धनकुटामा नेकपाका इन्चार्जसहित दुई पक्राउ

धनकुटा, ३० कात्तिक । धनकुटामा आज बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतम र जिल्ला सदस्य रणकुमार राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन बिरोधी गतिबिधि गर्दै आएकाले उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी...
झापामा सबैको चुनावी मुद्दा ‘हात्ती नियन्त्रण’

झापामा सबैको चुनावी मुद्दा ‘हात्ती नियन्त्रण’

काँकडभिट्टा, ३० कात्तिक । झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ ।  झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा हात्ती प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका छन् । हात्तीले मान्छे मारेको र भौतिक सम्पत्तिमा क्...
तेह्रथुमको चुनावी जोड–घटाउ : एकताले वाम बलियो, कांग्रेसको कडा चुनौती

तेह्रथुमको चुनावी जोड–घटाउ : एकताले वाम बलियो, कांग्रेसको कडा चुनौती

तेह्रथुम, २९ कात्तिक ।  प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको माहोल बढेको छ । जिल्लाबाट उम्मेदवारी दिएका विभिन्न नेता कार्यकर्ता अहिले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बाँड्दै गाउँ–गाउँ पुगिरहेका छन् । जिल्लाबाट यसअघि चुनाव जितेकालाई आफ्नो आधार क्षेत्र जोगाउने र पराजित भएकाहरु नयाँ इतिहास रच्ने ध्यानमा देखिन्छन् । जिल्लामा एघार वटा राजनीतिक दलले उम...
छिन्नमस्तामा आगलागी, दश लाखको क्षति

छिन्नमस्तामा आगलागी, दश लाखको क्षति

राजविराज, २९ कात्तिक ।  सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ मा आज आगलागी हुँदा करिब रु दश लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी वकिल मिश्रका घरमा बालेको दियोबाट अचानक सल्केको आगोबाट मिश्रको गाई गोठसहित चार घर जलेर नष्ट भएको स्थानीयवासीले जनाएका छन् । सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगदमा क्षति पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताले जनाएको छ । सो आगलागीमा परी दुई गाईगोरुसम...
सडक पुगेसँगै इलामका गाउँगाउँमा तरकारी, घरघरमा व्यापारी

सडक पुगेसँगै इलामका गाउँगाउँमा तरकारी, घरघरमा व्यापारी

इलाम, २९ कात्तिक । इलामका ग्रामीण क्षेत्रमा सडक विस्तार भएपछि किसानहरुलाई तरकारी बेच्न सहज भएको छ।  व्यापारीहरु किसानको घरमै पुगेर तरकारी खरिद गर्दै आएका छन्। इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका लगायतका किसानहरुले आफूले उत्पादन गरेको तरकारी झापाका बजारहरुमा राम्रो मूल्यमा बिक्री गर्दै आएका छन्। यहाँका किसानहरुले उत्पादन गरेको तरकारी झापाका व्यापारीहरु घरैमा आएर खरिद गर्ने गरेका छन्। अहिल...
धनकुटामा नेकपाका नेता पक्राउ

धनकुटामा नेकपाका नेता पक्राउ

धनकुटा, २९ कात्तिक । धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बिरोधी गतिबिधि गरेको आरोपमा प्रहरीले आज बिहान हिले नजिकबाट ओझालाई पक्राउ गरेको हो । निर्वाचन विरोधी कुरा गर्दै मतदाता भड्काउँन काम गरेको पाईएपछि ओझालाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन । यसअघि...
यौन दुर्व्यवहार गरेको आरोपमा सिराहाका एक शिक्षक पक्राउ

यौन दुर्व्यवहार गरेको आरोपमा सिराहाका एक शिक्षक पक्राउ

सिरहा, २९ कात्तिक । जनता माध्यामिक विद्यालय गोलबजारका एक शिक्षक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुव्र्यबहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो । पक्राउ परेका शिक्षक महतोलाई जबरजस्ती करणी उद्योग अन्तर्गतको मुद्धा चलाए...
इलामकाे कोल्बुङमा ट्रक दुर्घटना : एककाे मृत्यु

इलामकाे कोल्बुङमा ट्रक दुर्घटना : एककाे मृत्यु

इलाम, २९ कात्तिक । मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । ट्रकमा नै रहेका इलाम नगरपालिका—१० गोदकका सिंहराज महत र सुनसरी जिल्ला दुहवीका करन ऋ...
धनकुटामा अनौठो घटनाः छोराको मृत्यु भएपछि नदीमा हामफालिन आमा, बगाउँदै गर्दा उद्धार

धनकुटामा अनौठो घटनाः छोराको मृत्यु भएपछि नदीमा हामफालिन आमा, बगाउँदै गर्दा उद्धार

धनकुटा, २८ कात्तिक । छोराको मृत्यु भएपछि तमोर नदीमा हामफालेकी एक बृद्धालाई मंगलबार सकुसल उद्धार गरिएको छ । आत्माहत्या गर्न नदीमा हामफाल्ने साँगुरीगढी गाउँपालिका–१ लावरबोटेकी ६५ बर्षीया हिरामाया राईलाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले नदीबाट सकुसल उद्धार गरेका हुन । जण्डिस लगायत रोगबाट पीडित ४३ बर्षीय सुवास राईको सोमबार निधन भएको थियो । उनको शवलाई दाहसस्कारका लागि मंगलबार मुलघाट...
धनकुटामा नमूना मतदानले ल्यायो निर्वाचनको छनक

धनकुटामा नमूना मतदानले ल्यायो निर्वाचनको छनक

धनकुटा, २८ कात्तिक । महिला पुरुष लामबद्ध थिए । निर्वाचन अधिकृतले मतपत्र वितरण गरिरहेका थिए । मतदाता मतपेटिकामा आफ्ना उमेद्वारलाई मत खसालिरहेका देखिन्थे । झट्ट नियाल्दा निर्वाचनमा मतदान भइरहेको छनक हुन्थ्यो । तर त्यहॉ वास्तविक नभएर नमुना मतदान कार्य भइरहेको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्ने तौरतरिकाबारे जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको थियो । निर्वाचन मिति नजिकीरह...
हँसिया प्रहार गरी श्रीमतीको हत्या

हँसिया प्रहार गरी श्रीमतीको हत्या

राजविराज, २८ कात्तिक । सप्तरीको बोदेवरसाइन नगरपालिकामा आज अपराह्न एक व्यक्तिले आफ्नी श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ । बोदेवरसाइन नगरपालिका– ३ निवासी जयप्रकाश यादवले अन्दाजी ३८ वर्षीया श्रीमती ललितादेवीको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनका इञ्चार्ज प्रहरी नायब निरीक्षक उमाशंकर सिंहले जानकारी दिए । आज बिहान श्रीमान् श्रीमती दुवैजना घरदेखि पर ध...
धान काट्ने मेसिन भित्रिएसँगै झापाका किसानलाई हट्यो खेताला खोज्ने झन्झट

धान काट्ने मेसिन भित्रिएसँगै झापाका किसानलाई हट्यो खेताला खोज्ने झन्झट

झापा(दमक), २८ कात्तिक । कमल गाउँपालिका वडां. ५ मिलडाँडाका  किसान मदन योङ्हाङ लिम्बूले यस वर्ष धान काट्न खेताला खोज्ने झन्झट गर्न परेन। गत वर्ष धान पाकिसक्दासमेत खेताला नभेटेर धान भित्र्याउन परेको हैरानी उनले अझै भुलेका छैनन्। तर, यस वर्ष भने गाउँमा धान काट्ने मेसिन भित्रिएपछि आधाभन्दा बढी मजदुरको काम टरेको छ। पहिला धान काट्न गाउँभरी खेताला खोज्दा पनि नभेटिने तर यस वर्ष मेसिन आएपछि त्यो झन्झट हट...
एमाले नेता राजेन्द्र गौतम सहित ४ नेता चढेको गाडी एम्बुसमा पर्याे

एमाले नेता राजेन्द्र गौतम सहित ४ नेता चढेको गाडी एम्बुसमा पर्याे

संखुवासभा, २८ कात्तिक । बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुसमा परेको छ । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित सवार रहेको जानकारी प्रा...
भोजपुरमा शेरधन राई सवार गाडीमा बम प्रहार

भोजपुरमा शेरधन राई सवार गाडीमा बम प्रहार

भोजपुर, २८ कात्तिक । भोजपुर क्षेत्र नम्बर–२ का बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार एवं पूर्व सञ्चार मन्त्री शेरधन राई सवार गाडीमा आज बिहान बम प्रहार भएको छ । ट्याम्केमैयु गाउँपालिका–७ को दलगाउँ र कोटको सीमा क्षेत्र स्थित पिखुवा खोलामा बिहान करिव १० बजे राई सवार गाडीमा बम प्रहार भएको प्रहरीले जनाएको छ । बम प्रहारबाट ल्याण्डरोभर गाडीमा क्षति पुगेको भएपनि उम्मेद्वार राई सकुसल रहेको भोजपुर प्रहर...
प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु

प्रचारमा जाँदा भिरबाट लडेर मृत्यु

खोटाङ, २८ कात्तिक । नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय...
झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

भद्रपुर (झापा), २७ कात्तिक । झापामा मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। विर्तामोड नगरपालिका वडा नम्बर १ निवासी ३९ वर्षीय दिलबहादुर तामाङको ज्यान गएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। बिर्तामोड नगरपालिका– ६ स्थित रेखापुलनजिकै आइतबार साँझ ना३ख ४४६३ नम्बरको मालवाहक ट्रकले मे८प ९५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटना परी गम्भिर घाइते भएका चालक तामा...
मोरङमा विद्युत् चोरी गर्ने आठजना पक्राउ

मोरङमा विद्युत् चोरी गर्ने आठजना पक्राउ

उर्लाबारी, मोरङ, २७ कात्तिक । विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका-२ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारा...
नगर प्रमुखको घर–जग्गा विप्लव समुहको नियन्त्रणमा

नगर प्रमुखको घर–जग्गा विप्लव समुहको नियन्त्रणमा

खोटाङ, २७ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी खोटाङले हलेसी–तुवाचुङ नगरपालिकाका नगर प्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ । गुण्डा र पैसाको बलमा चुनाव जितेर देश लुट्न लागि परेका नगर प्रमुख राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको भन्दै शनिबार राती बिज्ञप्ति टाँसेर नेकपाले उक्त घोषणा गरेको हो । साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको न...
error: Content is protected !!