फागुनमा विराट एक्स्पो हुँने
बिराटनगर । फागुन पहिलो साताबाट बिराटनगरमा ‘विराट एक्स्पो’ हुँने भएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित उद्योग संगठन मोरङले फागुन २ देखि १० गतेसम्म एक्स्पो गर्न लागेको हो ।
उद्योग, व्यावसाय क्षेत्रका उत्पादनको प्रवद्र्धनमा टेवा पुर्याउँदै उत्पादक र उपभोक्तावीचको व्यावसायीक सम्बन्ध बिकासका लागि एक्स्पो गर्न लागिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेल...




























