साँगुरीगढीको तीन ठाउँमा पहिरो, भेडेटार–राजारानी सडक अवरुद्ध
धनकुटा । बर्षासँगै खसेको पहिरोका कारण धनकुटाको भेडेटार–राजारानी सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि परेको अबिरल बर्षासँगै तीन ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
बिहान ६ बजेदेखि अवरुद्ध भएको सडक साँझसम्म पनि खुल्न सकेको छैन । साँगुरीगढी–५ स्थित कुईभिर, दानसिन भीर र लुम्फाजुङमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि मालबाहक सवारी साधन बाटोमै रोकिएका छन् ।
जेसिवी प्रयोग गरेर सडक खुलाउँने प्रयास भ...






























