खाद्यान्नबालीको गुणस्तरीय बिउ अनुसन्धान केन्द्रको भण्डारणमै थन्कियो
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित कृषि अनुसन्धान केन्द्रमा विभिन्न प्रजातिका खाद्यबालीको गुणस्तरीय बिउ भण्डारणमै थन्किएको छ । स्थानीय सरकारसँग समन्वय नहुँदा केन्द्रले उत्पादन गरेको गुणस्तरीय बिउ बिक्री नभएपछि भण्डारणमै थन्किएको हो ।
केन्द्रले विभिन्न प्रजातिका खाद्यबालीको बिउ उत्पादन गर्दै आएकोमा बिक्री नहुँदा समस्या भएको छ । तर पनि केन्द्रले बिउ उत्पादनलाई निरन्तरता दिँदै आएको छ । ...






























