धनकुटामा तरकारी उत्पादन बढ्यो
धनकुटा । धनकुटामा तरकारी उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा तरकारी उत्पादन बढेको हो । पछिल्लो समय व्यवसायिक कृषि कर्ममा लाग्ने कृषकहरूको संख्या बढेसँगै तरकारी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
धनकुटामा गत आर्थिक वर्ष १ लाख ६४ हजार २ सय १८ मेट्रिक टन तरकारी उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ३७ हजार ४ सय ४८ मेट...






























