आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
विराटनगर । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर दुई हजार ६ सय ६० रुपैयाँमा क...























