
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको ६ हजार ९ सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार आठ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय ३५ रुपैयाँ घटेर तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













