पूर्वी नाका काँकडभिट्टाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वी नाका काँकडभिट्टा नाकाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब ३७ करोड ३० लाख बराबरको मात्रै चिया निर्यात भएको छ । गतवर्षको यही अवधिको तुलनामा यस वर्ष ३७ प्रतिशतले चिया निर्यातमा कमी आएको छ ।
मेची भन्सार कार्यालयका अनुसार प्रथम चौमासिकमा ४६ लाख ८८ हजार ९ सय ३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको छ ।
गत आर्थिक वर्षको यो अवधिमा दुई अर्ब २० करोड ४८ लाख बराबरको चिया निर्यात भएक...























