सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा आज धनकुटामा प्रभातफेरी गरिएको छ । ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचविखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित धनकुटा नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरी गरिएको हो ।

Advertisement

प्रभातफेरीमा कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत सहभागि थिए । भीमनारायण चोकबाट सुरु भएर बीचबजार, परिचय मोड, हुलाकटोल, मदनचोक हुँदै बसपार्कमा आएर प्रभातफेरी कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै धनकुटा नगरपालिका उप-प्रमखु भिमादेवी खनाल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतले मानव तस्करी तथा बेचबिखन न्यूनिकरण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!