सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका छत्रमान कुथुङ्मीको शव गृहजिल्ला धनकुटा ल्याइएको छ । पाख्रीबास-१० चुङ्माङ घर भएका ६० वर्षीय कुथुङ्मीको शव मंगलबार साँझ सेनाको हेलिकप्टर मार्फत गृहजिल्ला ल्याइएको हो ।

उनको पहिचान खुलेपछि छोरा सुवासले शव बुझेका थिए । पोष्टमार्टम पश्चात् काठमाडौंबाट विराटनगर हुँदै शव धनकुटा पुर्‍याइएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकको शव घरसम्म लैजाने व्यवस्था मिलाइएको जानकारी दिए ।

Advertisement

जेनजी आन्दोलनका क्रममा गोली लागेर धनकुटासँगै सुनसरी, उदयपुर, सिराहा र संखुवसभाका व्यक्तिहरूको पनि मृत्यु भएको थियो । उनीहरूको शव पनि गृहजिल्ला पुर्‍याइएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!