घरमा छापा हानेर प्रहरीले बरामद गर्यो भन्सार छलीको कपडा
विराटनगर । विराटनगर-१५ स्थित एक घरबाट प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको छ । आज बिहान मसुदन खातुनको घरबाट प्रहरीले जोगबनीबाट भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो ।
भन्सार छलेर ल्याएको कपडा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खातुनलाई समेत नियन्त्रणमा लिएको छ ।
घरभित्रबाट प्लाष्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा तीन हजार छ सय ६० ज...




























