सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवा टोलमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । आज बिहान माइक्रो र बस एक-आपसमा ठोक्किँदा घाइते भएकामध्ये पाँच जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शंकर मण्डल, सप्तरीकी ६० वर्षीय अनारवतीदेवी यादव, सप्तरी कै ६८ वर्षीय जिवछ महात्मा, सुनसरीको कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र...





























