विराटनगरको सिङ्घिया खोलामा पुरुषको शव भेटियो, पहिचान खुल्न बाँकी
विराटनगर । विराटनगर-१४ स्थित सिङ्घिया खोलामा शव भेटिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आज बिहान खोलामा तैरिएको अवस्थामा एक पुरुषको शव भेटिएको हो ।
‘शव हेर्दा तीनचार दिन अगाडिको जस्तो छ । अहिलेसम्म पहिचान खुलेको छैन’, डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘मृत व्यक्ति विराटनगर-११ का हुन भन्ने कुरा आएको छ । अनुसन्धानपछि सबै कुरा खुल्छ ।’
बस्नेतले शव सडिसकेकाले के...




























