मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना
विराटनगर । मोरङको सुनबर्षी नगरपालिका-७ बरडंगाबाट भरुवा बन्दुकसहित वृद्ध पक्राउ परेका छन् । स्थानीय ६० वर्षीय प्रकाश यादवलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
सुराकीका आधारमा मङ्गलबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा बन्दुक फेला परेको हो । घरमा लुकाएर राखेको अवस्थामा एक नाल भरुवा बन्दुक भेटिएपछि बन्दुकसहित वृद्धलाई नियन्त्रणमा लिइएको मोरङका ...




























