झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष निलम्बित

झापाको बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष निलम्बित

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिएको कसुरमा पक्राउ परेका ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ परिच्छेद ३ को दफा ३३ बमोजिम ओली स्वतः वडाध्यक्ष पदबाट निलम्बित भएका हुन् । सेवाग्राही अमरनाथ चौहानसँग घुस लिएका ओली...
आइतबारसम्म लगातार पानी पर्ने सम्भावना, कोशीका ११ जिल्ला उच्च जोखिममा

आइतबारसम्म लगातार पानी पर्ने सम्भावना, कोशीका ११ जिल्ला उच्च जोखिममा

विराटनगर । कोशी प्रदेशसहित देशका धेरै ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारसम्म लगातार पानी पर्ने सम्भावना छ । विभागले हिजो नै जारी गरेको मौसम बुलेटिनमा धेरै स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।  बुलेटिनमा कोशी प्रदेशका ११ जिल्ला उच्च जोखिममा रहेको उल्लेख छ । झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पा...
धनकुटामा पिकअप दुर्घटना

धनकुटामा पिकअप दुर्घटना

धनकुटा । धनकुटाको जिरोप्वाइन्ट नजिक पिकअप गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धनकुटाबाट छिन्ताङतर्फ जाँदै गरेको को १ ज २०६५ नम्बरको पिकअप आज अपरान्ह करिब ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा पिकअप चालक सहिदभूमि-७ का ३४ वर्षीय दिपेन्द्र राई, उनकी श्रीमती २३ वर्षीया टबिना राई र धनकुटा-६ सरस्वती चोककी ३२ वर्षीया इसु राई घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस...
धनकुटा नगरपालिका ४ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा नगरपालिका ४ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.४ को कार्यालय भवन उद्‌घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय नजिक ६५ लाखको लागतमा निर्माण गरिएको दुई तले वडा कार्यालय भवन बुधबार उद्‌घाटन गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलालेखको पर्दा उघारेर भवन उद्‌घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख तामाङले आफ्नै भवनबाट सेवा प्रवाह गर्दा थप सहज हुने धारणा राखे । जनतालाई छिटो छरितो र सहज रुपम...
नेपाल फर्मास्युटिकल एशोसिएसन कोशीले मनायो विश्व फर्मासिस्ट दिवस

नेपाल फर्मास्युटिकल एशोसिएसन कोशीले मनायो विश्व फर्मासिस्ट दिवस

विराटनगर । नेपाल फर्मास्युटिकल एशोसिएसन कोशी प्रदेशले विश्व फर्मासिस्ट दिवस मनाएको छ । विराटनगरमा प्रभातफेरी, रक्तदान तथा अन्तरक्रिया कार्यक्रम गर्दै एशोसिएसनले दिवस मनाएको हो । एशोसिएसन कोशी प्रदेश अध्यक्ष शम्भु शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री  लिलावल्लभ अधिकारी थिए । मन्त्री अधिकारीले औषधीसम्बन्धी जनगुनासाहरू व्यापक आउने गरेको बताए । उनले यस क...
विराटनगर र सिमरा उडेका यती एयरलाइन्सका दुई विमान काठमाडौं फर्काइयो

विराटनगर र सिमरा उडेका यती एयरलाइन्सका दुई विमान काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट विराटनगर र सिमरा उडेका यती एयरलाइन्सका दुई विमान काठमाडौंमा नै अवतरण गरिएको छ । मौसम खराब भएपछि सिमरा पुगेको र विराटनगरका लागि उडेको जहाज बीच बाटोबाटै फर्काइएको हो । प्रतिकुल मौसमका कारण आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ गरिएको हो । अन्तराष्ट्रि...
सर्लाहीमा गोली हानेर पत्नीको हत्या

सर्लाहीमा गोली हानेर पत्नीको हत्या

सर्लाही । सर्लाहीमा एक युवाले गोली प्रहार गरि पत्नीको हत्या गरेका छन् । गएराति हरिपुर्वा नगरपालिका-५ का ३० वर्षीय धिरेन्द्र रायले २५ वर्षीया पत्नी चित्रलेखालाई गोली हानेका थिए । गोली लागेर चित्रलेखाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट बुबा ५३ वर्षीय दिनेश राय घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहार पश्चात फरार भए...
सुनको मूल्यमा नयाँ किर्तिमान

सुनको मूल्यमा नयाँ किर्तिमान

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज प्रतितोला तीन सय रुपैयाँले बढेर सुनको मूल्यले पुनः नयाँ किर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६० हजार सात सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य एक हजार नौ सय ५५ कायम भएको छ । चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।
धनकुटाको मानव मोबाइल पसलको ‘एक्सचेन्ज अफर’: बिग्रिएको सामान साटेर नयाँ लैजान पाइने

धनकुटाको मानव मोबाइल पसलको ‘एक्सचेन्ज अफर’: बिग्रिएको सामान साटेर नयाँ लैजान पाइने

धनकुटा । धनकुटाको मदनचोकस्थित मानव मोबाइल पसलले बिग्रिएको समानसमेत साट्न पाइने गरी ‘एक्सचेन्ज अफर’ ल्याएको छ । दशैंको अवसर पारेर सो पसलले मोबाइल, टिभी र फ्रिजको एक्सचेन्ज अफर ल्याएको हो । पुरानो, बिग्रिएको, फुटेको जस्तो सुकै सामान पनि एक्सचेन्ज गरिने मानव मोबाइल पसलका सञ्चालक रमेश पौडेल बताउँछन् । ‘पुरानो, टुटेफुटेको वा बिग्रिएको जस्तो सुकै टिभी, फ्रिज र मोबाइल साटेर नयाँ लैजान सक्नुहुन्छ,’ पौड...
मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ मा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । आज दिउँसो करेन्ट लागेर ५० वर्षीय जगदीश सरदारको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा सरदारलाई करेन्ट लागेको थियो । मृतक सरदारको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको छ । घटनाका सम्बन्धमा...
१६ सय किलो गाँजा समाउने खापुङ बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी 

१६ सय किलो गाँजा समाउने खापुङ बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी 

विराटनगर । प्रहरी जवान टिकाराज खापुङ भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्यमान्यता पालना गरी उच्च मनोबलका साथ कर्तव्य निर्वाह गरेको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहमा कार्यरत खापुङले भदौ ६ गते सुनसरीको धरान उपमहानगरपालिका बाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएका थिए । धनकुटाबा...
यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ 

यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ 

विराटनगर । यातायात कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना पक्राउ परेका छन् । सेवाग्राहीहरूलाई दुःख दिएको गुनासो आएपछि अनुगमनमा पुगेको जिल्ला प्रशासन कार्यालय सुनसरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ परेका व्यक्तिहरूको बारेमा थप खुल्न बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता बेद राज फुयलले संगालोखबरलाई जानकारी दिए । को–को पक्राउ परे भन्ने खुल्न बाँकी रहेको र उनीहरूला...
विराटनगरको साइकल सोरुममा आगलागी (भिडियोसहित)

विराटनगरको साइकल सोरुममा आगलागी (भिडियोसहित)

विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भाव्या इन्टरनेशनल सोरुममा आज दिउँसो आगलागी भएको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिदै आएको सोरुममा आगो लागेको हो । दिउँसो करिब २ः३० बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ब्याट्रीहरू पड्किएकाले आ...
झापा र उदयपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

झापा र उदयपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

विराटनगर । झापा र उदयपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । हिजो साँझ लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-६ बाट एक जनालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा झापा गाउँपालिका-५ का ४२ वर्षीय तेहेरुदिन शेखलालई २८ ग्राम ३५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यसैगरी उदयपुरको कटारी नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्याल...
एमाले धनकुटा नगर संगठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ

एमाले धनकुटा नगर संगठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ

धनकुटा । नेकपा एमाले धनकुटा नगर सङ्गठन कमिटी अध्यक्षमा अर्जुन छाराहाङ चयन भएका छन् । सामुदायिक भवनमा मङ्गलबार आयोजित कार्यक्रममा सङ्गठन कमिटी निर्माण गरिएको हो । कमिटीको उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे, उप-सचिवमा मानबहादुर राई र दुर्गा बस्नेत ढकाल चयन भएका छन् । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले सङ्गठन कमिटी घोषणा गरे । उनीहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा...
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलामा कति पुग्यो ?  

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलामा कति पुग्यो ?  

विराटनगर । सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आज तोलामा सात सय रुपैयाँ बढेर सुनको मूल्यले पुनः नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६० हजार चार सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा पाँच सय रुपैयाँ बढेर सुन तोलामा एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेको थियो । सोमबार तोलामा चार सय रुपैयाँले बढेको सुन एक लाख ५९ हजार दुई सय रुपैयाँमा कार...
झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा । चट्याङ लागेर झापामा गएराती एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-४ का ३६ वर्षीय कुमार मोते छन् । राती करिब १० बजे कुमारलाई चट्याङ लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजोदेखि झापासहित विभिन्न जिल्लामा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
संखुवासभामा कोदोबारीभित्र भेटियो बम

संखुवासभामा कोदोबारीभित्र भेटियो बम

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ शिरीसेमा बम फेला परेको छ । स्थानीय भवानीप्रसाद दाहालको कोदोवारीमा ‘ह्यान्ड ग्रिनेड’ फेला परेको हो । मादी–पिलुवा सडकबाट करिब २० मिटर टाढा रहेको सो स्थानमा आज बिहान शङ्कास्पद बस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले सो क्षेत्रलाई घेरेर राखी नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । खाँदबारीबाट गएको नेपाली सेनाको टो...
उदयपुर बस दुर्घटना अपडेट : २९ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइयो

उदयपुर बस दुर्घटना अपडेट : २९ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइयो

विराटनगर । उदयपुरको बेलकामा मलामी बोकेर फर्किदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए । घाइतेमध्ये १२ जनालाई घोपा पठाइएको र अन्य १७ जनाको स्थानिय नगर अस्पतालमा उपचार भइरहेको उनले संगालोखबरलाई जानकारी दिए । उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको उदासले बताए । आज दिउँसो प्रदेश ...
झापामा करेन्ट लागेर एक जनाको मृत्यु 

झापामा करेन्ट लागेर एक जनाको मृत्यु 

झापा । झापाको दमक-८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा इलामको माई नगरपालिका-५ का २६ वर्षीय कमल बुर्जामगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दमकमा डेरा गरेर बस्दै आएका थिए । सिटी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर करेन्ट लागेको हुनसक्ने प्रहर...
उदयपुरको बेलकामा मलामी बोकेको बस दुर्घटना 

उदयपुरको बेलकामा मलामी बोकेको बस दुर्घटना 

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ सेतिखोलामा मलामी लिएर फर्कँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज केहीबेर अघि प्रदेश १-०२-००१ ख ८२५३ को नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । बेलका नगरपालिका-५ घुम्नेबाट मलामी लिएर फर्किदै गरेको बस दुर्घटनामा परेको हो ।  दुर्घटनामा परेर घाइते भएकाहरूलाई उपचारका लागि बेलका नगर अस्पताल र धरान स्थित बीपी कोइराला स...
स्वास्थ्य मन्त्रालयका तीन कर्मचारीको सरुवा 

स्वास्थ्य मन्त्रालयका तीन कर्मचारीको सरुवा 

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारीको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १० औँ र ११ औँ तहका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डाक्टर वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुर सरुवा गरिएको छ । त्यस्तै १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर ज्ञानबहादुर बस्नेत प्रदेश...
जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन हुँदै

जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन हुँदै

विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशले ‘मुख्यमन्त्रीसँग जनता’ कार्यक्रमको नाम परिवर्तन गरेको छ । सोही कार्यक्रमलाई यसवर्षबाट ‘जनतासँग कोशी प्रदेश सरकार’ नामबाट सञ्चालन गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि पास गरेको छ । कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट कार्यक्रम प्रसारण गर्ने गरी कार्यविधि बनाइएको जन...
इलाममा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, झुण्डिएको अवस्थामा भेटिए पति

इलाममा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, झुण्डिएको अवस्थामा भेटिए पति

इलाम । इलाममा धारिलो हतियार प्रहार गरेर पत्नीको हत्या पछि पतिले पनि झुन्डिएर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१ भित्तेमा ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् ।  ‘पत्निको घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले संगालोखबरसँग भने, ‘पतिको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ ।’ ...
नेपालले आज ओमानसँग खेल्दै

नेपालले आज ओमानसँग खेल्दै

विराटनगर । आईसीसी विश्वकप लिग-२ त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तरगत आज नेपालले ओमानसँग खेल्दैछ  । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको किङ्ग सिटीमा हुनेछ । नेपालले आज यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । आठ टोली सहभागि लिग-२ मा सबैभन्दा अगाडि क्यानडा छ । नेपालले त्रिदेशीय शृङ्खलामा लगातार हार ब्यहोरिरहेको छ । नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो । यस्तै दोस्...
सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज तोलामा तोलामा पाँच सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा चार सय रुपैयाँले बढेको सुन एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ५८ हजार आठ सय रुपैयाँमा का...
झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट बिर्तामोड-६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको हो । हिजो राति पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-६ कुमारी चोकमा प्रदेश १-०१-०१३ प २८०९ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले ज...
यस्तो छ आजको मौसम, यी स्थानमा भारी वर्षाको सम्भावना 

यस्तो छ आजको मौसम, यी स्थानमा भारी वर्षाको सम्भावना 

विराटनगर । केही दिनदेखिको अचाक्ली गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला विराटनगरसहित कोशी प्रदेशका केही स्थानमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले हिजो साँझ विशेष बुलेटिन जारी गरेर आजदेखि पानी पर्ने क्रम सुरु हुने जनाएको थियो । यो क्रम भोलिबाट थप बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ । मनसुन सक्रिय भएपनि पानी पर्ने प्रणाली कमजोर भएका कारण केहिदिनदेखि देशभर गर्मी बढेको थियो । अहिले...
विराटनगरमा एक युवती मृत फेला

विराटनगरमा एक युवती मृत फेला

विराटनगर । विराटनगर-१६ स्थित हुलास चोकमा एक युवती मृत फेला परेकी छन् । आज दिउँसो युवती मृत फेला परेकी हुन् । मृतक युवतीको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । मृतक युवतीको साथमा लागूऔषध फेला परेको बस्नेतले बताए । युवतीको भित्री बस्त्रभित्र एभिल, डाइजापाम र नोरजेसिक २२ एम्पुल फेला परेको हो । मृतक युवतीलाई पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएक...
धनकुटामा डेढ सय कुकुरको बन्ध्याकरण

धनकुटामा डेढ सय कुकुरको बन्ध्याकरण

धनकुटा । धनकुटामा करिब डेढ सय कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच दिनसम्म शिविर सञ्चालन गरेर १ सय ४१ वटा कुकुर र दुई वटा बिरालोको बन्ध्याकरण गरेको हो । रेबिज रोग नियन्त्रणका लागि ८६ वटा भाले र ५४ वटा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ । बजारमा वेवारिसे अवस्थामा रहेका तथा घरपालुवा कुकुर बिरालोको बन्ध्याकरण गरिएको पशु विज्ञ केन्द्रकी प्रमुख हिमाकुमारी ग...
धनकुटामा अटो दुर्घटना, पाँच जना घाइते

धनकुटामा अटो दुर्घटना, पाँच जना घाइते

धनकुटा । धनकुटामा आज बिहान भएको अटो दुर्घटनामा पाँच जना घाइते भएका छन् । बेलहाराबाट धनकुटा बजारतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ ह ३५०० नम्बरको अटो अनियन्त्रित भएर बिहान ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहारा की ३६ वर्षीय रेश्मा तामाङ, ३० वर्षीय अन्जना तामाङ, ३१ वर्षीय दीपक तामाङ घाइते भएका छन् । यसैगरी सोही स्थानका २६ वर्षीय प्रविण नेपाली र दीपक तामाङको ११ वर्षीय छो...
error: Content is protected !!