राष्ट्रपति रनिङ शिल्डमा विजेता विद्यार्थीहरूलाई सम्मान
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा रहेको जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले राष्ट्रपति रनिङ शिल्डमा विजेता भएका विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
छैटौं संस्करणको ग्रामथान गाउँपालिका अन्तर विद्यालययस्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेता विद्यार्थीहरूलाई आज एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।
फागुन ७ गतेदेखि दुई दिनसम्म ग्रामथान-६ स्थित पब्लिक माध्यमिक विद्यालयमा भएको ...






























