बर्जुबाट विराटनगर आउँदै गरेको अटोबाट १२८ किलो गाँजा बरामद
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ बाट प्रहरीले एक सय २८ किलो गाँजा बरामद गरेको छ । शुक्रबार राति करिब ७ः४० बजे केसलिया खोला हुँदै विराटनगरतर्फ आउँदै गरेको को २ ह १५१४ नम्बरको अटोबाट गाँजा बरामद भएको हो ।
विशेष सूचनाका आधारमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ अटो छोडेर चालक उखुबारीतिर भागेर फरार भएका छन् । उनको खोजी भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दि...































