धनकुटाको सुरुङ्गीबाट धरानसम्म नियमित बस सेवा सुरु
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ सुरुङ्गीमा नियमित बस सेवा सुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले बस सेवाको उद्घाटन गरेका हुन् ।
धरानबाट नियमित कुरुले, मानेडाँडा हुँदै बस सुरुङ्गी पुग्नेछ भने सुरुङ्गीबाट धरान जानेछ । ‘यसअघि परीक्षणको रूपमा बस सञ्चालन भएको भएपनि औपचारिक रूपमा सञ्चालनमा आएको थिएन’, वडा नम्बर ४ का वडाध्यक्ष लोकेन्द्र थापा मगरले...






























