मोरङको सलकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मोरङको सलकपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-९ सलकपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हिजो साँझ विराटचोकबाट गछियातर्फ आउँदै गरेको प्र १-०२-०५४ प ३५५८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ना ७ ख ३२२३ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसन्दहका ४४ वर्षीय  एम बहादुर रायमाझी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको नोबेल अस्...
विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । विराटनगर-७ हाटखोलामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले कानेपोखरी गाउँपालिका-२ का ३२ वर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार उपचारका लागि कोशी अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पैदल यात्रा गरिरहेका ...
प्रधानमन्त्री ओलीद्वारा दमकको १८ तले भ्युटावर उद्‌घाटन

प्रधानमन्त्री ओलीद्वारा दमकको १८ तले भ्युटावर उद्‌घाटन

झापा । आज गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिका-३ दापगाछीमा बनेको १८ तले भ्युटावरको उद्‌घाटन गरेका छन् । व्यवसायिक कम्प्लेक्स भनेर नामकरण गरिएको भ्युटावर एक अर्ब ४५ करोड रुपैयाँ बढीको लागतमा निर्माण भएको हो । टावर चिनियाँ निर्माण कम्पनी जेडसिजी आइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । भ्यू टावरको २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले शिलान्यास...
प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा सात जना पक्राउ

प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा सात जना पक्राउ

झापा । गृहजिल्ला झापामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा सात जना पक्राउ परेका छन् । गृह जिल्ला पुग्दा प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कालो झन्डा देखाएको हो । केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा र विवेक सुनुवारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्क...
कोशीमा स्विस सरकारको सहयोगमा चार वटा पदमार्ग निर्माण गरिदै

कोशीमा स्विस सरकारको सहयोगमा चार वटा पदमार्ग निर्माण गरिदै

विराटनगर । कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई मध्यनजर गर्दै पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको छ । स्विस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने योजना छ । स्विस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहेको छ । परिय...
झापामा ८३ वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

झापामा ८३ वर्षीया वृद्धाको हत्या आरोपमा दुई जना पक्राउ

झापा । झापाको कमल गाउँपालिका-६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया फूलमाया मुर्मुको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो आफ्नै घरमा मृत फेला परेकी मुर्मुको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको पुष्टि भएपछि प्रहरीले हत्यामा संलग्नको खोजी सुरु गरेको थियो । हत्या आरोपीलाई प्रहरीले झापा गाउँपालिका-७ मदरगाछबाट पक्राउ गरेको हो ।...
कोशीका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा चार जनाको मृत्यु 

कोशीका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा चार जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । हिजो झापा, सुनसरी र उदयपुरका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।  झापा कन्काई नगरपालिका-८ लक्ष्मीपुर स्थित पूर्व पश्चिम लोकमार्गमा ना ४ च ४०८४ नम्बरको छोटा हात्ती गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गाडीले बाटो काट्दै गरेका सोही स्थानका ६५ वर्षीय गर्बसिंह राईलाई दिएको थिय...
सिरिजंगा गोल्डकपको चौथो संस्करण आजबाट सुरु हुँदै 

सिरिजंगा गोल्डकपको चौथो संस्करण आजबाट सुरु हुँदै 

ताप्लेजुङ । आजबाट सिरिजंगा गोल्डकपको चौथो संस्करण सुरु हुँदैछ । सिरिजंगा सिंह थेबेको तीन सय २० औँ जन्मजयन्तिको अवसरमा प्रतियोगिता हुन लागेको हो । तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा आजबाट सुरु हुने प्रतियोगिता मंसिर २९ गते सम्म जारी रहने छ । उद्‌घाटन खेलमा तेल्लोक स्पोर्टिङ क्लब र साँगुरीगढी एफसी धनकुटाबीच प्रतिष्पर्धा हुनेछ । भोलि झापाको न्यु स्टार क्लब र उदयपुरको ब्रदरहुड एफसी बेलकाबीच प्रतिष्...
१८ तले भ्युटावर उद्‌घाटन गर्न प्रधानमन्त्री ओली गृहजिल्ला झापा आउँदै 

१८ तले भ्युटावर उद्‌घाटन गर्न प्रधानमन्त्री ओली गृहजिल्ला झापा आउँदै 

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै छन् । दमक बिजनेस कम्प्लेक्स, मानव सेवा आश्रमको नयाँ भवन र भ्युटावर उद्‌घाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा आउन लागेका हुन् । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडमा निर्माण भएको भ्युटावरलाई ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको छ । १८ तले उक्त भवन चिनिया निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनील...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आस सुन तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेर एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबा...
गैरनाफामूलक अस्पताल बनाउन उद्योगी कटेलद्वारा १५ करोड बराबरको सहयोग

गैरनाफामूलक अस्पताल बनाउन उद्योगी कटेलद्वारा १५ करोड बराबरको सहयोग

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा गैरनाफामूलक अस्पताल निर्माण गर्न उद्योगपति राजु कटेलले १५ करोड बराबरको सहयोग उपलब्ध गराउने भएका छन् । विराटनगरका उद्योगी कटेलले १४ करोड मूल्य पर्ने ७ बिगाहा जग्गा र एक करोड नगद उपलब्ध गराउने भएका हुन् । भारतको गुजरातस्थित नौतनपुरी धामका गाधिपती जगतगुरु आचार्य कृष्णमणि महाराजसहितको टोलीले झोराहाटस्थित अस्पताल निर्माणस्थलको बिहीबार निरीक्षण गरेको ...
नोबेलले ६० करोड लाभांश बितरण गर्ने 

नोबेलले ६० करोड लाभांश बितरण गर्ने 

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा सञ्चितबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न नोबेलले पुस ९ गते कम्पनीको रजिष्टार कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको...
मोरङको कानेपोखरीमा पुरुष मृत भेटिए 

मोरङको कानेपोखरीमा पुरुष मृत भेटिए 

विराटनगर । मोरङको कानेपोखरी-७ स्थित बान्तवा होटलमा एक पुरुष मृत भेटिएका छन् । आज बिहान मृत भेटिएका पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट मृतकको घर झापाको धुलावारी भएको खुलेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । ‘बेवारिसे भएर हिँडेको जस्तो देखिन्छ’, डीएसपी थापाले संगालोखबरसँग भने, ‘छोरालाई खबर गरेका छौँ । छोरो आएपछि सबै कुर...
नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने ग्रामथानका नवनिर्वाचित अध्यक्षको निर्णय

नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने ग्रामथानका नवनिर्वाचित अध्यक्षको निर्णय

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमो नारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । हिजो सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनले गाउँपालिका भित्र वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थामा जानका लागि तथा आकस्मिक सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णयमा उल्लेख गरेका ...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुन मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ५० हजार चार सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य तोलामा एक हजार आठ सय ८...
एनपीएल क्रिकेटमा लुम्बिनीलाई हराउँदै विराटनगर किङ्स विजयी

एनपीएल क्रिकेटमा लुम्बिनीलाई हराउँदै विराटनगर किङ्स विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले विजयी सुरुवात गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनी लायन्सलाई दुई विकेटले पराजित गर्दै विराटनगर किंग्स विजयी भएको हो । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा आठ विकेट गुमाएर पुरा गरेको छ ।
गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी

गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी

धरान । धनकुटाबाट धरान आउँदै गरेका दुईवटा गाडीबाट प्रहरीले ६९० किलो गाँजा बरामद गर्यो । बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बरका सरकारी नम्बर प्लेट भएका गाडीबाट गाँजा बरामद गर्न प्रहरीले गोली नै चलाउनु पर्यो । प्रहरीले एक जनालाई पक्राउ गर्न सफल भयो भने अझै एक जना फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार हिजो साँझ ७ ब...
धरानमा छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धरानमा छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर । सुनसरीको धरान-१७ मा रहेको माउन्ट मोरिया स्कुलका शिक्षक २३ वर्षीय असित ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा ठकुरी पक्राउ परेका हुन् । उनलाई यसभन्दा अगाडि पनि यही आरोपमा धरानकै एउटा विद्यालयले निकालेको थियो । त्यतिखेर भने प्रहरीमा उजुरी परेको थिएन । विद्यार्थीहरूले उजुरी दिएपछि सोमबार ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी ना...
मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना

मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका-७ बरडंगाबाट भरुवा बन्दुकसहित वृद्ध पक्राउ परेका छन् । स्थानीय ६० वर्षीय प्रकाश यादवलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सुराकीका आधारमा मङ्गलबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा बन्दुक फेला परेको हो । घरमा लुकाएर राखेको अवस्थामा एक नाल भरुवा बन्दुक भेटिएपछि बन्दुकसहित वृद्धलाई नियन्त्रणमा लिइएको मोरङका ...
नेपाल टेलिकमको बोनस सुविधा, कति रिचार्जमा कति पाइन्छ बोनस ? 

नेपाल टेलिकमको बोनस सुविधा, कति रिचार्जमा कति पाइन्छ बोनस ? 

विराटनगर । नेपाल टेलिकमले प्रिपेड तथा पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनसको सुविधा उपलब्ध गराएको छ । रिचार्ज अथवा विद्युतीय माध्यमबाट टपअप गर्दा भ्वाइस तथा डेटा बोनसका रूपमा उपलब्ध हुने टेलिकमले जनाएको हो । ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्दा तीन दिन मान्य हुने २० मिनेट भ्वाइस कल बोनस पाइने छ । यो एनटिसी नेटवर्कभित्र मात्रै मान्य हुनेछ । टेलिकमका अनुसार १०० देखि १९९ रुपैयाँ रिचार्ज गर्दा तीन दिन ...
विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ

विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बीउ उपलब्ध गराएको छ । आज कृषकहरूलाई महानगरले उन्नत जातको गहुँको बीउ उपलब्ध गराएको हो । कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार पाँच सय २६ किलो बीउ वितरण गरिएको छ । उक्त बीउले ६० हेक्टर जमिनमा खेती गर्न सकिन्छ ।  महानगरका दुई सय ६२ घरधुरीलाई बिउ वितरण गरिएको तिम्सिनाले बताए । महानगर क्षेत्रभित्र एक हजार तीन सय ७५ खेतीयो...
सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो 

सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्यो 

विराटनगर । आज सुन मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५० हजार चार सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सुन तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुप...
सुनसरीबाट तीन सय ४० किलो गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ

सुनसरीबाट तीन सय ४० किलो गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरबाट गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ परेका छन् । प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकको पछाडि कालो त्रिपालले छोपिएको अवस्था प्रहरीले गाँजा बरामद गरेको हो । ट्रकबाट ११ वटा बोरामा राखिएको तीन सय ४० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्रक धनी तथा चालक धनकुटाको सहिदभूमि गाउँपालिका-४ का ३० वर्षीय जयप्रकाश राई छन् । यस्तै भोजपुरको पौ...
झापामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका-११ तेलिबारीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा आज दिउँसो करिब साढे १२ बजे बागमती प्र-०१-००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । ठक्करबाट भद्रपुर नगरपालिका-१० का ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।...
अनेरास्ववियु धनकुटाको अध्यक्षमा युवा तिम्सिना निर्वाचित

अनेरास्ववियु धनकुटाको अध्यक्षमा युवा तिम्सिना निर्वाचित

धनकुटा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धनकुटाको अध्यक्षमा युवा तिम्सिना निर्वाचित भएका छन् । अनेरास्ववियुको आज सम्पन्न २४ औं जिल्ला अधिवेशनले तिम्सिनाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा बालकृष्ण बस्याल, सुबन श्रेष्ठ र भविन्द्र राई चयन भएका छन् । सचिवमा कुमार सापकोटा तथा उप-सचिवमा अस्मिता राई, विशाल लिम्बू र प्रदिप बरुवा...
सेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार रकम घट्यो

सेयर बजार दोहोरो अङ्कले बढ्यो, कारोबार रकम घट्यो

विराटनगर । सेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अङ्कले बढेको छ । नेप्से आज १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ विन्दुमा पुगेको छ । आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे १० अर्बको कारोबार भएकोमा आज तीन सय सात वटा कम्पनीका एक करोड ८१ लाख कित्ता सेयर आठ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । आज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक...
एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाउँदै १६१ रन बनाएको हो । चितवनका लागि इंग्लिस ब्याटर रवी बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन छक्का र  तीन चौका  प्रहार गरे।
धनकुटामा मनाइयो अपाङ्गता दिवस

धनकुटामा मनाइयो अपाङ्गता दिवस

धनकुटा । धनकुटामा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा प्रभात फेरी निकालिएको छ । आज नगरस्तरीय अपाङ्गता रोकथाम तथा पुर्नस्थापना संस्थाको आयोजना तथा धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा र्‍याली निकालिएको हो । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको हो । विभिन्न नारा लेखिएका प्लेकार्डसहित सुरु भएको र्‍...
मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन

मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन

विराटनगर । मोरङको बुढीगंगा-४ स्थित मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीहरूले मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने मेसिन बनाएका छन् । आफैँले चलाउने सवारी साधनमा चालक आफैँले आफ्नो अल्कोहलको मात्रा जाँच गर्नसक्ने मेसिन बनाएका हुन् । डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीहरूले छ महिना लगाएर उक्त मेसिन बनाएका हुन् । कुनै पनि सवारीसाधनमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउ...
एनपीएल : विराटनगरको लगातार दोस्रो हार, सुदूरपश्चिमको सानदार सुरुआत

एनपीएल : विराटनगरको लगातार दोस्रो हार, सुदूरपश्चिमको सानदार सुरुआत

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगरको लगातार दोस्रो हार भएको छ । आज टीयू क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्ससँग विराटनगर पराजित भएको छ । सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनाउन सक्यो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अन्य ब्याटरले दोहो...
काँग्रेसमा किचलो : संस्थापन र कोइराला पक्षद्वारा विराटनगरमा बेग्लाबेग्लै भेला आयोजना

काँग्रेसमा किचलो : संस्थापन र कोइराला पक्षद्वारा विराटनगरमा बेग्लाबेग्लै भेला आयोजना

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षले विराटनगरमा आजदेखि पालिका सभापतिहरूको वृहत भेला गर्ने भएको छ । कोइराला पक्षले आज दिउँसो १ बजे विराटनगरको जैन भवनमा भेलाको उद्‌घाटन गर्ने तयारी गरेको छ । हिजो संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मंसिर २२ गतेदेखि भेला आयोजना गरिएको जनाएको थियो । शेखर पक्षको भेला आधिकारिकी नभएको र मंसिर २२ बा...
error: Content is protected !!