गाईघाटबाट काँकडभिट्टाका लागि छुटेको बस सप्तरीमा दुर्घटना, तीन जनाको मृत्यु
विराटनगर । सप्तरीको कञ्चनरूप नगरपालिका-१० बदगामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टाका लागि छुटेको प्रदेश १-०१-००१ ख ३४२० नम्बरको बस मध्यान्ह १२ बजेतिर दुर्घटनामा परेको हो । बसमा ३५ जना यात्रु सवार रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा...





























