लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री सार्वजनिक

लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतनामूलक श्रव्यदृश्य सामग्री सार्वजनिक

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लागूऔषध दुर्व्यसनी विरुद्धको  सचेतनामूलक सन्देश बोकेको श्रव्यदृश्य सामग्री सार्वजनिक गरेको छ । कोशी प्रदेश सरकारको सहयोगमा लिम्बू, बान्तवा, थारू  र मैथिली भाषालाई समेटेर तयार पारिएको सामग्री आज सार्वजनिक गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रव्यदृश्य सामग्री सार्वजनिक गरेका हुन् । मोरङको केराबारी, झोराहाट, सुनसरीको बर्ज...
भेडेटारबाट धरान आउँदै गरेको कारमा १९० किलो गाँजा भेटियो

भेडेटारबाट धरान आउँदै गरेको कारमा १९० किलो गाँजा भेटियो

सुनसरी । धनकुटाको भेडेटारबाट सुनसरीको धरान आउँदै गरेको कारबाट एक सय ९० किलो गाँजा बरामद भएको छ । आज बिहान १० बजेतिर धरान-१३ शिवधारास्थित कोशी लोकमार्गबाट गाँजा बरामद भएको हो । बा १० च ६८५२ नम्बरको कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार कार चालक फरार छ...
इटहरीमा हुने जेसीजको राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने 

इटहरीमा हुने जेसीजको राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने 

विराटनगर । सुनसरीको इटहरीमा हुने नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनको उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आज आयोजक समितिले पत्रकार सम्मेलन गर्दै पुस ६ गते महाधिवेशनको उद्‌घाटन प्रधानमन्त्री ओलीले गर्ने जानकारी दिएको हो । महाधिवेशन पुस ६, ७ र ८ गतेसम्म इटहरी-९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन आयोजक समिति...
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा अदालतले अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो । पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न...
कोशीमा धान उत्पादन बढ्यो

कोशीमा धान उत्पादन बढ्यो

विराटनगर । कोशी प्रदेशमा बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा कोशीमा ३६ हजार पाँच सय १८ दशमलव १५ मेट्रिक टन बढी धान उत्पादन भएको हो । दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुँदा यस वर्ष ११ लाख ८२ हजार दुई सय २१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष दुई लाख ६९ हजार नौ ४६ हेक्टर जमिनमा धान रोपाइँ हुँदा ११ लाख ४५ हजार सात सय तीन मेट्रिक टन धान उत्पादन भएको थियो...
पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल अघि बढाउने भइएको छ । पाथीभरा क्षेत्र विकास समितिको हिजो बसेको बैठकले पाथीभरालाई विश्व सम्पदामा सूचीमा सूचिकृत गर्ने पहल अघि बढाउने निर्णय गरेको हो । पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पाथीभरा मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत हुन सक्ने सम्भाव्यता बोकेको क्षेत्र र पर्याप...
मोरङको सुनवर्षीमा गुडिरहेको ट्रक रोकिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको सुनवर्षीमा गुडिरहेको ट्रक रोकिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ भेरुवाथान स्थित रंगेली-विराटनगर सडक खण्डमा ट्रक मुनी मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ । हिजो राति करिब साढे आठ बजेको समयमा डाइनिया तर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक स्टार्ट बन्द भएर रोकिएको थियो । सोही क्रममा सोही दिशातर्फ जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल ठोक्किएर  ट्रक मुनी पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी-९ बालुबा...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । हिजो चार सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँ तोकिएको छ । हिजो पनि...
तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालन

तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालन

ताप्लेजुङ । तमोर करिडोरमा पेट्रोल पम्प सञ्चालनमा आएको छ । ताप्लेजुङ र पाँचथरबाट इटहरी-विराटनगर जोड्ने सडक खण्डमा बढ्दो सवारीसाधनको चापलाई दृष्टिगत गर्दै पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । पाँचथरको कुम्मायक गाउँपालिका-५ स्थित भुल्केमा चार करोडको लगानीमा पेट्रोल पम्प निर्माण गरिएको छ । तमोर करिडोरबाट ताप्लेजुङ स्थित पाथिभरामा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पम्प सञ्चालनमा ल्याइएको ...
ताप्लेजुङको फुङलिङमा फुटबल प्रतियोगिता हुँदै

ताप्लेजुङको फुङलिङमा फुटबल प्रतियोगिता हुँदै

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-६ बतासेमा खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ताप्लेजुङ स्पोर्टिङ क्लबले गुरुङ समुदायका मार्गदर्शक तथा समाजसेवी स्व. पदम बहादुर गुरुङको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो । पुस ११ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने खेल संयोजक पब्लिक गुरुङले जानकारी दिए । प्रतियोगिता निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बा स्थित लक्ष्मी...
सेयर बजारमा उच्च अङ्कको गिरावट

सेयर बजारमा उच्च अङ्कको गिरावट

विराटनगर । आज सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । नेप्से आज ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ९१ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको सेयर उच्च अङ्कले ओरालो लागेको हो । जानकी फाइनान्स कम्पनीको सेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर भने १० प्रतिशतले बढेको...
यू-१९ महिला एशिया कपमा नेपालले पाकिस्तानलाई हरायो

यू-१९ महिला एशिया कपमा नेपालले पाकिस्तानलाई हरायो

विराटनगर । यू-१९ महिला एशिया कम क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आज मलेसियाको क्वालालम्पुरमा भएको खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको एक सय पाँच रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो । नेपालकी कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् । टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय चार...
विराटनगरमा सुरु भयो रोजगार मेला 

विराटनगरमा सुरु भयो रोजगार मेला 

विराटनगर । विराटनगरमा दुई दिने रोजगार मेला सुरु भएको छ । स्विस कन्ट्याक्टको सहयोगमा महानगरपालिकाले आयोजना गरेको मेलाबाट तीन सय जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ । विराटनगर-७ स्थित विरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा आज भेलाको शुभारम्भ गरिएको हो । मेलामा साना, घरेलु तथा मझौला उद्योग, रोजगारदाता कम्पनी, सञ्चार संस्थालगायतको ३० वटा स्टल रहेका छन् । मेलाको उद्‌घाटन गर्दै महानगरपालिकाका...
झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका-१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार गौरादह नगरपालिका-५ का ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँका २५ वर्षीया ओमकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मोरङ रतुमाई नगरपालिका-८ का २७ वर्षीय विराज थापा घाइते भएका छन...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

विराटनगर । आज सुनको मूल्य बढेको छ । हिजो आइतबार दुई हजार दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँ तोकिएक...
ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा दुई दिन स्थानीय बिदा

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा दुई दिन स्थानीय बिदा

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पुसे मेलामा दुई दिन स्थानीय बिदा दिएको छ । ५१ औँ पुसे मेलाको अवसरमा पुस ३ र ४ गते स्थानीय बिदा दिइएको पालिका अध्यक्ष यूक हां विर हाँगाम् (डम्बर)ले जानकारी दिए । उक्त दिन गाउँपालिका भित्रका शैक्षिक संस्था, सरकारी कार्यालय र सङ्घसंस्थाहरू बन्द रहने छन् । आकस्मिक सेवा भने बन्द नहुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा मंसिर १९ गते बसेको कार्यपालिका ब...
सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-९ डुम्राहामा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो साँझ प्रदेश नम्बर १-०२-००४ ह १४८१ नम्बरको सफारी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार खेतबाट धान ओसार्ने क्रममा सिटी अचानक दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका सफारी चालक सोही स्थानका ५० वर्षीय पुरण चौधरीको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय ...
फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण हुँदै

फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण हुँदै

पाँचथर । पाँचथरको फिदिममा फाल्गुनन्द गोल्डकपको एघारौँ संस्करण पुस ६ गतेबाट सुरु हुने भएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका चारसहित १० टिमको सहभागिता रहने आयोजक फिदिम स्पोर्टिङ क्लबले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा चर्च ब्वाइज, न्युरोड एनआरटी, मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने छन् । यस्तै चित्लाङ क्लब काठमाडौं, विराट सिटी फुटबल क्लब विराटनगर, सहलेस युवा क...
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा एक हजार दुई सय घटेको सुन आज पनि दुई हजार दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४०...
मोरङको ग्रामथानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङको ग्रामथानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राति करिब १२ः१० बजेको समयमा विराटनगरबाट विराटचोकतर्फ जाादै गरेको प्रदेश १-०४-००२ प १९०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नहरको पुलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कटहरी गाउँपालिका-१ का २२ वर्षीय आशिक मरिक र मोटरसाइकल पछाडि सवार ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । उनीहरू बाब...
प्रधानमन्त्री ओलीले गरे आफैँ पढेको विद्यालयको भवन उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे आफैँ पढेको विद्यालयको भवन उद्‌घाटन

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका छन् । हिजो एका कार्यक्रमबीच प्रधानमन्त्री ओलीले १८ कोठे पक्की भवनको उद्‌घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले यही विद्यालयमा कक्षा चार सम्म अध्ययन गरेका थिए । कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले आफूले पढेको विद्यालयको भवन उद्‌घाटन गर्न पाउँदा हर्षित भएक...
यस्तो छ आगामी तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ  । आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा ...
ताप्लेजुङमा ६ दिनदेखि बेपत्ता पुरुषको शव भेटियो

ताप्लेजुङमा ६ दिनदेखि बेपत्ता पुरुषको शव भेटियो

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-५ को काबेली खोलाले बगाउँदा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । मंसिर १९ गते दिउँसो खोलाले बगाउँदा बेपत्ता भएका सोही स्थानका ४० वर्षीय राजेन्द्र बुढाथोकीको शव आज भेटिएको हो । सशस्त्र प्रहरी बल नम्बर १ बराहबाहिनी पकली सुनसरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले खोजतलासको क्रममा आज बिहान ११ बजे शव फेला पारेको प्रहरीले जनाएको छ । उनको शव बेपत्ता भएको ...
पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन गर्नुपर्नेमा सरोकारवालाको जोड

पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन गर्नुपर्नेमा सरोकारवालाको जोड

विराटनगर । पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरले कक्षा १ देखि कक्षा १२ सम्मको सबै विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन सम्बन्धमा छलफल गरेको छ । आज विराटनगरमा भएको छलफलमा सरोकारवाला निकायले पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले छिट्टै नै समय सापेक्ष र जीवनोपयोगी, वैज्ञानिक, व्यावहारिक तथा सीपम...
मरिक फुटबल क्लब सुनसरी सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश

मरिक फुटबल क्लब सुनसरी सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । मरिक फुटबल क्लब सुनसरी तेल्लोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरिजङघा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनल चरणको तेस्रो खेलमा विदेशी टिम पारिजात सङ्घ फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच सुनसरीका निश्चल लामा घोषित भए । लामाले नगद दुई हजार एक सय प्राप्त गरे । यस्तै आजको विजेता सुनसरीले मंस...
नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्स विराटनगर किंग्समा अनुबन्ध

नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्स विराटनगर किंग्समा अनुबन्ध

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डलाई भित्र्याएको छ । बाँकी खेलका लागि विकेटकिपर ब्याटर एडवार्ड्सलाई विराटनगर किंग्सले अनुबन्ध गरेको हो । उनी आज नेपाल आइपुगेका छन् । विराटनगरले अहिलेसम्म चार खेल खेलेको छ । जसमा एउटामा मात्रै जित निकालेको छ । विराटनगर किंग्समा न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका आकिश इल्यास, क्यानडाका निकोलस किर्टो...
मोरङको सुन्दरहरैँचामा पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको सुन्दरहरैँचामा पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१ पचाम स्थित घिनाघाट-विराटचोक सडकखण्डमा पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो साँझ सात बजेतिर विराटनगरबाट विराटचोक तर्फ जाँदै गरेको प्रदेश १-०४-००१ च ०९९५ नम्बरको पिकअपले विराटनगरतर्फ आउँदै गरेको बा ९८ प ६७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट मोटरसाइकल चालक विराटनगर-१० का २४ वर्षीय हर्ष ढकाल गम्भीर घाइते भएको थ...
१३ लाख भक्तजनले गरे पाथिभरा दर्शन 

१३ लाख भक्तजनले गरे पाथिभरा दर्शन 

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा सात वर्षको अवधिमा १३ लाख भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले ठूलोफेदी सङ्कलन शाखामा भएको तथ्याङ्क सार्वजनिक गर्दै उक्त अवधिमा १३ लाख बढी भक्तजनले दर्शन गरेको जनाएको हो । आर्थिक बर्ष २०७४/७५ देखि हाल सम्म १३ लाख तीन हजार चार सय ९२ जनाले पाथिभराको दर्शन गरेका हुन् । समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४/७५ ...
रौतहटमा स्कारपियो दुर्घटना हुँदा आठ जनाको मृत्यु

रौतहटमा स्कारपियो दुर्घटना हुँदा आठ जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा सडक खण्डमा स्कारपियो गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । आज बिहानको बा १६ च ३१६२ नम्बरको गाडी अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक ५० वर्षीय श्रीकुमार यादवसहित आठ जनाको मृत्यु भएको हो । सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोल की ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय...
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५२ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको थियो । अस्ति सुनको मूल्य तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँ तोकिएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज च...
काँग्रेसको गृहमन्त्री भएका बेला रविमाथि तानाशाही व्यवहार गरिनु गलत: सांसद शर्मा

काँग्रेसको गृहमन्त्री भएका बेला रविमाथि तानाशाही व्यवहार गरिनु गलत: सांसद शर्मा

विराटनगर । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै भत्सना गरेका छन् । आज साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सांसद शर्माले लामिछानेलाई प्रहरी हिरासतमा राखिरहेर अमानवीय व्यवहार भइरहेको भन्दै त्यसको निन्दा एवं भर्त्सना गरेका हुन् । कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पत...
error: Content is protected !!