अपडेट : संखुवासभामा विद्यालयमै गोली प्रहार गरेर शिक्षकको हत्या
संखुवासभा । संखुवासभामा विद्यालयमै गोली प्रहार गरेर शिक्षकको हत्या भएको छ । गएराति करिब ७ बजे मकालु गाउँपालिकामा-१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको हो ।
प्रहरीका अनुसार शिक्षक खम्बुको घर संखुवासभाकै सिलीचोङ गाउँपालिका-७ हो । उनी सोही विद्यालयको आवासमा बस्दै आएका थिए ।
‘शिक्षक सोही विद्यालयको आवासमा बस्दै आउनुभएको रहेछ’, संखुवासभा प्रहरीका स...





























