
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला चार हजार चार सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 




















