
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य दुई लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार चार सय ३० रुपैयाँ कायम भएको छ । पुगेको छ । आइतबार चाँदी प्रतितोला चार हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 




















