पूर्वराष्ट्रपति भण्डारी १० वर्षपछि एमाले मोरङ पार्टी कार्यालय जाँदै 

पूर्वराष्ट्रपति भण्डारी १० वर्षपछि एमाले मोरङ पार्टी कार्यालय जाँदै 

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १० वर्षपछि नेकपा एमाले मोरङको पार्टी कार्यालय पाञ्चाली जाने भएकी छन् । सोमबार विराटनगर आएकी भण्डारी आज १ बजेपछि पार्टी कार्यालय जाने उनको सचिवालयले जनाएको छ । मोरङ एमाले पार्टी कार्यालय मदन आश्रित भवन पनि भएकाले भण्डारी त्यहाँ जान लागेकी बताइएको छ । पूर्वराष्ट्रपति भण्डारीले कार्यकर्ता भेटघाट कार्यक्रम गर्न लागेको भन्दै एमाले कोशी प्रदेश अध्यक्ष घन...
झापामा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

झापामा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

झापा । झापामा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी महिलाको मृत्यु भएको छ । शरीरमा आगो लगाउने दमक नगरपालिका-१ भानु चोककी ३० वर्षीया शोभा साहको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार दिउँसो घरमा एक्लै भएका बेला उनले पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी थिइन् । जलेर घाइते भएकी उनलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । तर त्य...
विराटनगरका मनिष अफगानिस्तानको गोलकिपर प्रशिक्षक नियुक्त

विराटनगरका मनिष अफगानिस्तानको गोलकिपर प्रशिक्षक नियुक्त

विराटनगर । विराटनगरका मनिष तिम्सिना अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक मनिष विदेशी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । उनले आफू अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकका रूपमा काम शुरू गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ...
झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते

झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते

विराटनगर । झापाको दमक नगरपालिका-७ पशुडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । दुर्घटनामा पुरुष घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल पछाडि सवार कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक ४३ वर्षीय शुकदेव गौतम घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरू पति-पत्नी हुन् । आज बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र १-०२-००...
झापामा दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुनको सिक्री चोरी, दुई जना पक्राउ

झापामा दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुनको सिक्री चोरी, दुई जना पक्राउ

झापा । झापामा दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुनको सिक्री चोरी भएको छ । शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सिक्री चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरीमा संलग्न शिवसताक्षी-८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूलाई पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका-६ का ३० वर्षीय मनोज लिम्बू दोमुखा...
सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रु...
उदयपुरका कमल चौधरीको कोरियामा मृत्यु

उदयपुरका कमल चौधरीको कोरियामा मृत्यु

विराटनगर । रोजगारीका लागि दक्षिण कोरिया पुगेका उदयपुरको चौदण्डीगढी-५ बेल्हाका कमल चौधरीको मृत्यु भएको छ । डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा अचेत अवस्थामा रहेको चौधरीको मृत्यु भएको हो । एक्कासि ढलेर अचेत बनेका उनको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । उनी के कारणले अचेत भए भन्ने खुल्न सकेको छैन । उनले अचेत हुनभन्दा एक महिना अगाडि काम गर्दै आएको कम्पनी छाडेर काम खोजिरहेको बुझिएको छ । ...
आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । आज देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईका  एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेश लगायत बाँ...
पार्टीको विधान र प्रक्रिया अनुसार सदस्यता नवीकरण भइसकेको  छ : पूर्वराष्ट्रपति भण्डारी

पार्टीको विधान र प्रक्रिया अनुसार सदस्यता नवीकरण भइसकेको  छ : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको विधान र प्रक्रिया अनुसार आफ्नो सदस्यता नवीकरण भइसकेको जिकिर गरेकी छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको बताएकी हुन् । उनले आफूलाई गुट चलाउन नआउने भन्दै त्यसको प्रतिवाद गरेकी छन् । आफू एमालेको सङ्गठित सदस्य र कार्यकर्ता नै रहेको बताउँदै उनले ...
धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-६ का २७ वर्षीय अशोक राई छन् । धनकुटा नगरपालिका-१० उत्तरपानीमा डेरा गरेर बस्दै आएका राईको कोठामा खानतलासी गर्दा लागूऔषध र प्रतिबन्धित औषधी फेला परेको प्रहरीले जनाएको छ । धनकुटा प्रहरीका अनुसार उनको कोठाबाट ट्रामोल ६ सय १० पिस, प्रतिबन्धित औषधिहरू डेकोलिक पाँच सय ९० पिस,  स्पास्पेन ६० पिस, स्पाज्मो ९४ प...
३६ हजार साउदी रियालसहित सप्तरीबाट एक जना पक्राउ

३६ हजार साउदी रियालसहित सप्तरीबाट एक जना पक्राउ

सप्तरी । सप्तरीको राजविराज विमानस्थलबाट साउदी रियालसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका-११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् । सप्तरी प्रहरीका अनुसार बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्दा स्रोत नखुलेको साउदी रियाल ३५ हजार नौ सय ७६ बरामद गरेको हो । उनले रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेर आवश्यक कानुन...
कोशीमा पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना

कोशीमा पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना

विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय स्थापना गरेको छ ।  प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले कार्यालय खोलिएको हो । प्रदेशको क्षेत्राधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि आजदेखि सञ्चालनमा ल्याइएको हो । सुनसरीको इटहरीमा स्थापना गरिएको प्रदेश राजस्व कार्यालयको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना ...
धरानमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धरानमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । सुनसरीको धरानमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा धरान-१ की ५८ वर्षीया सरिता बिकको मृत्यु भएको हो । आइतबार दिउँसो ३ः४० बजे धरान-१ पुरानो बजार स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१८ प ६५२४ नम्बरको स्कुटरले बिकलाई ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बिकको विराट नर्सिङ होम विराटनगरमा साँझ ७ः३० बजे उपच...
उर्लाबारीमा कारबाट लागूऔषध बरामद, तीन जना पक्राउ

उर्लाबारीमा कारबाट लागूऔषध बरामद, तीन जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी-९ बाट कारमा ल्याइँदै गरेको अवस्थामा ठूलो मात्रामा लागूऔषध बरामद भएको छ । लागूऔषध बरामद भएसँगै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार झापाको दमक नगरपालिका-४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी नगरपालिका-४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी-७ का ३२ वर्षीय सुजन सेन्दाङ पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आ...
रथयात्रामा शंकास्पद र अवाञ्छित गतिविधि गर्ने ५७ जना प्रहरीको नियन्त्रणमा

रथयात्रामा शंकास्पद र अवाञ्छित गतिविधि गर्ने ५७ जना प्रहरीको नियन्त्रणमा

विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले ५७ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार विराटनगरमा निकालिएको रथयात्रामा मौका छोपेर शंकास्पद र अवाञ्छित गतिविधि गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मध्ये ४ जना महिला र ५३ जना पुरुष रहेका मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । ४ जना महिलालाई भने आइतबार राति नै छाडिएको छ भने पुरुषहरूका विषयमा प...
विकास निर्माणका काममा जिल्लावासी सबैको सहयोग हुनुपर्छ : योगेश भट्टराई

विकास निर्माणका काममा जिल्लावासी सबैको सहयोग हुनुपर्छ : योगेश भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले निजी क्षेत्रले गरिरहेको विकासमा अवरोध पुर्याउन नहुने बताएका छन् । आज प्रेस चौतारी नेपाल ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले विकास निर्माणका काममा जिल्लावासी सबैको साथ सहयोग हुनुपर्ने बताए । विकासका गतिविधिहरूले पहिचानको विषयमा खेलबा...
सुनसरीको धरानबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ

सुनसरीको धरानबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२० ओशो पार्कस्थित जंगलबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ परेका छन् । आज बिहान ८ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धरान-२० का ३० वर्षीय रूपेश राई, २० वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई इटहरी-१० बस्दै आएका ३४ वर्षीय प्रदिप राई र धरान-१३ का...
खोलाले मोटरसाइकल बगाउँदा बेपत्ता धरानकी अनिताको शव तीन दिनपछि फेला

खोलाले मोटरसाइकल बगाउँदा बेपत्ता धरानकी अनिताको शव तीन दिनपछि फेला

सुनसरी । सुनसरीको बराहक्षेत्र-१ को दुध खोलाले मोटरसाइकलसहित बगाउँदा बेपत्ता भएकी धरान-१६ की १९ वर्षीया अनिता राईको शव फेला परेको छ । उनको शव आज बिहान बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोसी नदी किनारमा फेला परेको हो । गत शुक्रबार मदन भण्डारी राजमार्गको दुध खोलाले बुबा-छोरीलाई बगाएको थियो । स्थानीय र प्रहरीको सहयोगमा बुवा जीवन राईलाई जीवितै उद्धार गरिए पनि अनिता भने बेपत्ता भएकी थिइन् । उ...
रथयात्रामा सादा पोशाकसहितका एक हजार बढी सुरक्षाकर्मी परिचालन  

रथयात्रामा सादा पोशाकसहितका एक हजार बढी सुरक्षाकर्मी परिचालन  

विराटनगर । विराटनगरमा आज ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदैछ । दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको रथयात्रामा नेपालसहित भारतबाट पनि हजारौंको संख्यामा भक्तजनहरू आउँछन् । रथयात्रालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । रथयात्राका क्रममा चोरी तथा उच्छृङ्खल गतिविधि हुने सम्भावना बढी भएकाले त्यस गतिविधिमा संलग्नलाई तत्कालै नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्...
रथयात्राको पूर्वसन्ध्यामा विराटनगरमा वर्षा 

रथयात्राको पूर्वसन्ध्यामा विराटनगरमा वर्षा 

विराटनगर । विराटनगरमा रथयात्राको पूर्वसन्ध्यामा सामान्य वर्षा भएको छ । विराटनगरमा आज दिउँसो ३ बजे ऐतिहासिक रथयात्रा निकालिँदैछ । रथयात्रा अवलोकन गर्न आउने भक्तजनहरू अत्यधिक गर्मीका कारण बेहोस हुने लगायतका समस्या हुनेगरेकोमा वर्षा भएसँगै राहत मिल्ने अनुमान छ । अहिले विराटनगरमा वर्षा भइरहेको छ । तीनपैनी स्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्राले नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः म...
रथयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक हो : मुख्यमन्त्री कार्की

रथयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक भएको बताएका छन् । रथयात्राको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले प्रदेशको गौरव बढाउनुका साथै सामाजिक एकता, सहिष्णुता र साझा संस्कृतिको उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन् । ‘कोशी प्रदेश विविधतायुक्त प्रदेश हो । य...
मोरङको मिक्लाजुङमा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु

मोरङको मिक्लाजुङमा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-३ टाँडी-रमिते भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उर्लाबारी नगरपालिका-४ का १७ वर्षीय आरब डाँगी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अरनीको अस्पताल उर्लाबारी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही स्थानका १७ वर्षीय अनुप थापा घाइते भएका छन् ।...
आज विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै

आज विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज विराटनगरमा निकालिँदैछ । तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ३ः३० बजे निकालिने रथले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ । विराटनगरको पहिचानसँग जोडिएको रथयात्रा नेपालसहित भारतका हजारौं भक्तजनहरू सहभागी हुन्छन् । यसपटक विगतका वर्षहरूको तुलनामा भक्तजनको संख्या बढ्ने रथयात्रा मूल समारोह समितिले जनाएको छ । ५८ औं संस्कर...
धनकुटामा रक्तदान, २७ पिन्ट रगत संकलन

धनकुटामा रक्तदान, २७ पिन्ट रगत संकलन

धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणको ४० औं स्थापन दिवसको अवसरमा रक्तदान गरिएको हो । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने मुल नाराका साथ गरिएको रक्तदानमा २७ पिन्ट रगत संकलन भएको छ । प्राधिकरणका कर्मचारी तथा अन्य व्यक्तिहरूले रक्तदान गरेका कर्मचारी हेमचन्द्र थापाले बताए । रक्तदानका लागि...
विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा कक्ष

विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा कक्ष

विराटनगर । विराटनगरको विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा कक्ष स्थापना गरिएको छ । अस्पतालभित्र स्थापना गरिएको सेवा कक्षको आज कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उद्‌घाटन गरेका छन् । श्रमिक तथा निजी क्षेत्रका कामदारहरूलाई लक्षित गर्दै सामाजिक सुरक्षा कोष कक्ष स्थापना गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा बोल्दै सांसद पराजुलीले यसबाट श्रमिकहरूलाई ठूलो राहत मिल्ने बताए । उनले विराटनगर...
राधाकृष्णको नयाँ रथ मेयर कोइरालाद्वारा उद्‌घाटन

राधाकृष्णको नयाँ रथ मेयर कोइरालाद्वारा उद्‌घाटन

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्णको नयाँ रथ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्‌घाटन गरेका छन् । विराटनगर-१ स्थित राधाकृष्ण मन्दिर परिसरमा आज बिहान आयोजित कार्यक्रममा मेयर कोइरालाले नयाँ रथको पूजा गरी उद्‌घाटन गरेका हुन् । सो अवसरमा मेयर कोइरालाले राधाकृष्ण रथयात्रासँग सम्बन्धित म्युजिक भिडियोको विमोचन पनि गरेका छन् । विराटनगर महानगरपालिकाको ४४ लाख ७८ हजार लाग...
झुम्का कारागारबाट पर्खाल नाघेर भागेका कैदी बिर्तामोडबाट पक्राउ

झुम्का कारागारबाट पर्खाल नाघेर भागेका कैदी बिर्तामोडबाट पक्राउ

विराटनगर । सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर भागेका कैदी झापाको बिर्तामोड नगरपालिका-१० विराट पोखरी नजिकबाट पक्राउ परेका छन् । साउन २८ गते कारागारको पर्खाल नाघेर भागेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेल खत्री आज बिहान पक्राउ परेका हुन् । जबर्जस्ती करणी मुद्दाका कैद भुक्तान गरिरहेका पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा पौडेललाई १३ वर्ष कैद र ५...
मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति फरक-फरक स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बुढीगंगा-२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा राति १०ः१५ बजेतिर भएको दुर्घटनामा बुढीगंगा-२ कै २५ वर्षीय विकासकुमार भगतको मृत्यु भएको हो । नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको ...
कुवेतमा तीन दिनमा ९ नेपालीको मृत्यु

कुवेतमा तीन दिनमा ९ नेपालीको मृत्यु

विराटनगर । कुवेतमा तीन दिनमा ९ नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेका कारण उनीहरूको मृत्यु भएको भनिएपनि यकिन कारण खुल्न बाँकी छ । केहीलाई डिस्चार्ज गरिएको छ भने केहीको उपचार भइरहेको नेपाली राजदूतावासलाई कुवेतस्थित अस्पतालले जानकारी दिएको छ । दुतावासका अनुसार मृत्यु हुनेहरूको विवरण सङ्कलन हुँदैछ । मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने जनाइएको छ । मेथानोल मदिराका कारण ...
भोजपुरमा घरेलु उद्योग दर्ता बर्सेनि घट्दै

भोजपुरमा घरेलु उद्योग दर्ता बर्सेनि घट्दै

भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या वर्षेनी घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७/०७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत आर्थिक वर्षको असार मसान्तसम्म एक सय १० वटा मात्र उद्योग दर्ता भएका छन् । उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्क अनुसार आ...
सुनसरीबाट नक्कली ‘व्याकुल माइला’ पक्राउ

सुनसरीबाट नक्कली ‘व्याकुल माइला’ पक्राउ

विराटनगर । सुनसरीबाट नक्कली ‘व्याकुल माइला’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका-२ का ६० वर्षीय मिलन कुमार राई छन् । बिहीबार दिउँसो इटहरी उपमहानगरपालिका-६ बाट उनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । राष्ट्रिय गीत ‘सयौं थुङ्गा फूलका हामी...’ का असली सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ को नाममा ठगी गर्दै हिँडेको पाइएपछि उनलाई...
error: Content is protected !!