मोरङको पथरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ गोरखा डिपार्टमेन्ट अगाडि ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ ।
बिहीबार साँझ करिब ७ः१० बजे उर्लाबारीबाट बेलबारीतर्फ आउँदै गरेको को १ क ९७५१ नम्बरको ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको हो । अन्दाजी ३० वर्षीया मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि...




























