अध्यक्ष केपी शर्मा ओलीलाई बिनासर्त तत्काल रिहा गर्न एमाले कोशी प्रदेशकाे माग
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ । एमाले कोशी प्रदेशले अध्यक्ष ओलीसहित पक्राउ परेका नेताहरूलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।
सरकारको यस्तो प्रतिशोधपूर्ण कार्य तत्काल बन्द नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी विज्ञप्तिमा कथित...





























