अभिषेक गिरीको बन्दीप्रत्यक्षीकरण रिट उच्च अदालत विराटनगरद्वारा खारेज
विराटनगर । विराटनगरका काँग्रेस नेता अभिषेक गिरीको बन्दीप्रत्यक्षीकरण रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ । मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका गिरीकाे बन्दीप्रत्यक्षीकरण रिट खारेज भएकाे हाे ।
गिरीले आफ्नो पक्राउ गैरकानुनी भएको दाबी गर्दै रिट दायर गरेका थिए । न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले आज रिट खार...





























